काठमाडौं महानगरपालिकामा विभिन्न पदको लागि जागिर खुल्यो
वि.सं.२०८० फागुन १ मंगलवार
1.4K
shares
shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ ।
मङ्गलवार(आज) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

सात दिनभित्र दरखास्त पेस गर्नुपर्ने र मूल्याङ्कन परीक्षा फागुन १२ तथा अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।


























