नेपाली गीत संगीत क्षेत्रका अथक श्रष्टा गीतकार गोविन्द कुइकेल
वि.सं.२०८० फागुन ४ शुक्रवार
shares
गोविन्द कुइकेल सफल गीतहरुका सर्जक । उनी मर्मस्पर्शी शव्द र लोकप्रिय गीतका रचनाकार हुन् । अहिले बजारमा चर्चामा रहेको प्रताप दास र अनु चौधरीको आवाजमा डिबी लामाको सँगित रहृको मन दियौ मुटु दियौ माया दियौ मलाई, थाहै नपाई माया बस्यो जीवन दियौ मलाई वोल रहेको गीतका रचनाकार उनै गीतकार गोविन्द कुइकेल हुन् ।यसको अतिरिक्त राजु सिंहको संगीतमा दिबाकर शर्माको आवाज रहेको अब मायाको कुरा गर्दै नगर्नु कहानी भैसक्यो, तिमीले जलाउन खोजेको मान्छे खरानी भैसक्यो र मैले बसाई सरेपछि तिम्रो चित्त दुःख्यो अरे, लत्याएर छोडेपछि भन आफै के भूल गरे, कृति न्यौपानेको संगीतमा सूजाता बर्माले गायको तिमी सूर्यमुखी फूल हौ म हुं पारीजात सूर्य, सँगै फूल्छौ तिमी म पर्खन्छु रात, चन्द्रमा मा दाग छ हजुर सूर्यमानी खोट होला मुस्कुराउदै हिडे पनि म भित्रनी चोट होला, उहाँ कै संगीतमा दिप श्रेष्ठले गाउनु भयको पानी बग्यो खोलै खोला बगर प्यासी भो, टुलुटुलु हेर्छ किनार नजर दोषी भो,डिबि लामाको संगीतममा स्वरुपराज आचार्यले गाएको नशादेखि टाढै बस्नु भन्थ्यौ तिमी साथ हुँदा, नशा आज प्यारो भयो तिमीले साथ छोदिदिदा , यिनकै संगीतमा मेलिना राईले गायको सिउदो तिमीले भरे पनि मुटु अन्तै साटेकी थे, त्यो सिन्दुरको के अर्थ भो बाध्यतामा फसेकीथे,लामाकै संगीतमा प्रताप दास र अनु चौधरीले गायको भन तिमी के माग्छ्यौ र देखे पछी तिमीलाई भेटे पछी तिमीलाई, प्रताप दास र समिक्षाअधिकारीको स्वर रहेको नजिकै आउन माया लाउन, एकै छिन भयनी अंगालोमा बाधुनँ, किरण भूजेल र अस्मिता अधिकारीको स्वरमा रहेको चल्यो चल्यो बतास चल्यो मेरो केश उडायो, रचना रिमालको स्वरमा रहेको माया थियो भनौ भने बिचमै टुगीयो, धोका भोकी खै के भयो सिउदो पुछियो । यीनकै संगीतमा आनन्द कार्की र बिमला राई को स्वर रहेको आँखा भरी तिम्रै छाँया, मुटु भरी तिम्रै माया र पुष्कर सुनुवारको संगीतमा बेनिशा पौडेल र पुष्कर सुनुवारको स्वर रहेको तिम्रो मुटु मेरो घर हो प्रिय, अनु चौधरीको माया गर्नु दु;ख बाड्नु पाप हुदो रैछ , प्रबिण बेडवालको बाटो नमोडु भन्थे पाईला अघी बढेछन झार्दिन आँसु भन्थे गह भिजी सकेछन । पुष्कर सुनुवारकै संगीतमा अन्जु पन्तले गायको तिम्रै लागी खुशी खोज्न सयौ जंघार तरे हुंला, त्यो ओठमा मुस्कान देख्न कयौ कष्ट सहे हुंला यस्तै यस्तै धेरै मार्मिक र हृदय स्पर्शी गीतहरुका सर्जक हुन गोबिन्द कुँइकेल । कुँइकेलका सिर्जनाहरु प्रायः मायाप्रेम,मिलन बिछोड र जिन्दगीका वास्तबिक भोगाईमा केन्द्रित भएको देखिन्छ ।
गोबिन्द कुँइकेल र मेरो सम्बन्धलाई पनि गीतले नै अन्तरंग बनाइदिएको हो । उनी लामो समयदेखि गीत रचनामा संलग्न व्यक्ति हुन् भने म अलि पछि बामे सर्दै गरेको गीतकार । शायद यस्ता सहयोगी र शालीन व्यक्ति संग एउटै क्षेत्रमा संलग्न हुन पाउने सौभाग्यले होला उनका र मेरा गीतका भावमा केही समानता पनि छन् । गायक गायिका र संगीतकारमा समेत । आनन्द कार्की मैले रचेका गीतहरुमध्ये पहिलो गायक बने गीतको वोल थियो “एक अञ्जुली मायाको उपहार छरिदेउ त्यो मुटु भित्रको सन्दुकको हीरा फोरिदेउ” यसमा किरण कडेलको संगीत रहेको थियो । गोबिन्द कुँइकेलको शव्दमा आनन्द कार्कीको स्वरले समेत आँखा भरी तिम्रै छाँया, मुटु भरी तिम्रै माया वोलको गीतमा साथ पायो । नेपाली गीत संगीत क्षेत्रका उदीयमान प्रतिभा प्रताप दास र अनु चौधरीको स्वरमा “अलिकति हास्नु तिमी अलिकति म हांसुला बादलुले ढाकेको त्यो घामको घुम्टो म खोलुला” शव्द मैले रचेको थिएं संगीतकार डि वि लामाले संगीत दिएका थिए ।प्रताप दास अनु चौधरी र डि वि लामा संगको सहकार्यमा कुँइकेलको मन दियौ मुटु दियौ माया दियौ मलाई, थाहै नपाई माया बस्यो जीवन दियौ मलाई वोलको चर्चित गीत तयार हुन पुग्यो । समकालीन गायन क्षेत्रकी आशालाग्दी गायिका समीक्षा अधिकारीले कुइकेलको नजिकै आउन माया लाउन, एकै छिन भएनी अंगालोमा बाधुनँ शव्दमा गीत गाएकी छन् भने मेरो शव्द रहेको “डाँडापारी घाम डुव्यो तिमी किन आएनौ चराहरु वास वसिसके तिमी अझै आएनौ” शव्द रहेको गीतमा समीक्षा अधिकारीको स्वर र डि वि लामाले संगीत रह्यो । एउटा बामे सर्दै गरेको यो गीतकारले लामो समयदेखि साधनारत गीतकारसंग केही सामीप्यता पाउनु मेरो लागि खुशीको कुरा हो ।
अव फेरी लागौ कुइकेलको अर्को विशेषता तर्फ । पाश्चात्य संगीतको नक्कल गर्ने होडबाजी भइरहेको समयमा नेपाली मौलिक र मार्मिक शब्द चयनगरी सिर्जना गर्नुलाई सामान्य मान्न सकिन्न । कुँइकेल भने आज चर्चित भएर भोलि मेटिने भन्दा दीर्घकालिन तर मौलिक शब्दहरुमै खेलिरहेका छन् चर्चा भन्दा गीतको गहनता र भावको दिगोपना शायद उनको चाहनाको विषय हो । गीतकार कुँइकेलका गीत बहु आयामिक छन् । आधुनिक गीतका अलाबा कुँइकेलले लोक भजन पनि कोरेका छन । राजेन्द्र श्रेष्ठको स्वर संगीतमा रहेको कृष्ण तिम्रो बासुरीको धुन सुनाईदेउन, मरे पछि मुक्ती मिल्ने बाटो देखाई देउन, चर्चित भजन जय जय माता स्वस्थानी प्रभुकै चरणमा पर्यौ हामी गर्छौ भक्ति जानी नजानी लगायतका छन । नेपाली सांगीतिक लामो समय देखि निरन्तर निस्वार्थ संघर्ष गरिरहेका गीतकार हुन गोविन्द कुइँकेल । नेपाली गीत बजारमा उनी चर्चालाइ कम महत्व दिएका छन् तर धेरै चर्चित संगितकार तथा गायकहरु उनको सिर्जनासंग आवध्द भएका छन् । नेपालका चर्चित संगीतकारहरु उदय शमशेर राणा, शिखर सन्तोष, शक्ति बल्लभ, राजु सिंह, कृती न्यौपाने, डीबी लामा, प्रमोद निर्माण, पुष्कर सुनुवार लगायतका संगितकारहरु तथा चर्चित गायक गायिकाहरु आनन्द कार्की मिलन नेवार, सूजाता बर्मा, स्वरूप राज आचार्य, दिबाकर शर्मा, मेलिना राई,प्रताप दास,अनु चौधरी र अस्मिता अधिकारी, समीक्षा अधिकारी,किरण भूजेल,बेनिशा पौडेल,रचना रिमाल, दिप श्रेष्ठ, अन्जु पन्त आदिले उनका गीतहरुमा स्वर भरेका छन । नेपाली साँगितिक बजारमा ‘ चन्द्रमा दाग छ हजुर सूर्यमानी खोट होला, मुस्कुराउदै हिडे पनि म भित्रनी चोट होला सुजाता बर्माको स्वर र कृती न्यौपानेले संगीत भरेको यो गीत अत्यधिक चर्चामा छ । विगतमा नेपाली गीतहरु श्रीजना गरिदा शब्द, लय, ताल चयनमा अति ध्यान दिने गरिन्थ्यो । शब्द, संगीत, स्वर छनौटको लागी रेडियो नेपालमा एक बोर्ड नै हुने गर्दथ्यो र सोही बोर्डको स्वीकृति पश्चात गीत रेर्कड हुने र संगित बजारमा प्रबेशहुने सौभाग्य मिल्थ्यो । यसरी कडा परिश्रमका साथ तैयार भयको गीत बल्ल श्रोता माझ आईपुग्थ्यो, फलस्वरुप गीतहरु कर्णप्रिय र सदाबहार हुने गर्दथ्यो । माधव घिमिरे, रत्न शमशेर थापा, काली प्रसाद रिजाल, दिनेश अधिकारी, हरिभक्त कटुवाल, नागेन्द्र थापा, भोला रिजाल, यादव खरेल, भैरवनाथ रिमाल जस्ता अनगिन्ती गीतकारका शब्दहरुलाई उदाहरणकोरुपमा लिन सकिन्छ । संगितकारहरुमा गोपाल योन्जन, अम्बर गुरुङ, शम्भुजित बास्कोटा, उदय शमशेर, दिपक जँगम, नातिकाजी जस्ता अनगिन्ती संगीतका श्रष्टाहरु छन । जसका शब्द संगीतहरु आज कालजयी सदाबहार गीतको रुपमा रहेका छन् । पछिल्लो समय गोबिन्द कुँइकेलका शब्दहरु त्यस्तै सदाबहार छन । कुँइकेल नेपाली गीत संगीत क्षेत्रका एक धरोहर हुन् । नेपाली गीत संगीत क्षेत्रका उनी अथक श्रष्टा हुन् नेपाली गीत संगीत क्षेत्रले उनीवाट धेरै आशा गरेको छ ।






























