भोली सार्वजनिक बिदा

Ghorahi cement

काठमाडौं । चैत २९ गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का अवसरमा चैत २९ गते बिहीबार सार्वजनिक विदा दिन मुस्लिम आयोगले गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

 

 

 

इस्लाम धर्मावलम्बीले २९ दिनको रोजा (बर्त) बसिसकेको र बुधबार साँझ चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि सिफारिस गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले जानकारी दिए ।

 

उनका अनुसार बुधबार साँझ चन्द्रमा देखिएको भए बुधबार सार्वजनिक विदा दिनका लागि सिफारिस गर्ने तयारी थियो । तर, बुधबार साँझ मुलुकभर कहि कतै पनि चन्द्रमा नदेखिएका कारण बिहीबार सार्वजनिक विदा दिनका लागि मन्त्रालयलाई सिफारिस गरिएको अध्यक्ष मियाँले बताए ।

 

सरकारले यस अघि नै आगामी वर्ष २०८१ सालका लागि सार्वजनिक विदा दिने निर्णय गर्दा इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद उल फित्र)का दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ । सम्बन्धित समुदायको सिफारिस गरेको दिनमा गृह मन्त्रालयले ईदको सार्वजनिक विदा दिदैँ आएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro