राजनीतिक विश्लेषक केसीको दाबीः केपी ओली प्रतिगमनकारी हुँदै होईनन्

Ghorahi cement

 

काठमाडौं। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारी नभएको दाबी गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिगमनको विरुद्ध १४ वर्ष जेल बसेका ओली प्रतिगमनकारी हुनै नसक्ने दाबी गरेका हुन् । विश्लेषक केसीले ओलीलाई अहंकारी, स्वेच्छाचारी र व्यक्तिवादी पात्रको रुपमा चित्रण गरे ।

 

‘ओली भनेको प्रतिगामी हो, यसले हिन्दुराज्य ल्याउँछ, राजतन्त्र ल्याउँछ, संघीयता खान्छ भन्थे । मैले भने–त्यस्तो सम्भव छैन । ओलीबाट प्रतिगमन सम्भव छैन । प्रतिगमनको विरुद्ध ओली १४ वर्ष जेल बसेका छन् । त्यो मान्छेले प्रतिगमन ल्याउने कुरा हुँदैन । ओली अहंकारी, स्वेच्छाचारी र व्यक्तिवादीमात्रै हो,’– उनले भने ।

 

अहिलेका राजनीतिक दलहरुमा पनि नयाँ चरित्र नरहेको उनको दाबी छ । पहिचानवादीको नाममा अहिलेका राजनीतिक दलहरुले लडाइँ गरिरहेको उनको भनाइ छ । उनले सुदूरपश्चिममा पहिचानको नाममा रञ्जिता र रेशमले लोग्ने स्वास्नीको पहिचानको राजनीति गरेको उनको टिप्पणी छ ।

 

‘हामी नयाँ प्रणालीमा आएका छौं । तर, नयाँ चरित्र हामीसँग छैन । पहिचानको नाममा साथीहरुले लडाइँ गरे । अहिले सुदूरपश्चिममा रेशम चौधरीको पार्टी जसरी लडिरहेको छ, त्यहाँभित्र पहिचान कहाँ छ ? लोग्नेको पहिचान, स्वास्नीको पहिचान, त्यो मात्रै छ । त्यो पछि पहिचान बदनाम भएको हो,’– उनले भने ।

 

संसारभर भीआईपीको पद्धति हराउँदै गएको अवस्थामा अहिले हाम्रो देशमा चार हजार पाँच सयलाई भीआईपी बनाइएको भन्दै उनले आपत्ति जनाए । साथै, भुटानी शरणार्थी प्रकरणमा राज्यले नै राज्यविरुद्ध अपराध गरेको उनको टिप्पणी छ ।

 

वर्तमान सत्ता गठबन्धन जम्माजम्मी एक वर्षसम्म टिक्ने उनको दाबी छ । त्योभन्दा बढी सम्भव नरहेको उनले बताए । वर्तमान गठबन्धनको फेनोमेना नै रहस्यपूर्णं रहेको उनको भनाइ छ । 

Shangri-la Development Bank Ltd.
Nepali patro