कैलाश सिरोहियालाई अदालतले दियो ३ दिन थुनामा राख्ने आदेश
वि.सं.२०८१ जेठ ९ बुधवार
1.3K
shares
shares
जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।
न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले बताए ।
नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभरि स्थलमार्ग हुँदै बिहान धनुषा ल्याइएको थियो ।

























