चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ
वि.सं.२०८१ जेठ ९ बुधवार
1.6K
shares
shares
काठमाडौँ । झापामा चोरीको मोटरसाइकलसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले जेठ ८ गते चोरीका मोटरसाइकलसहित पाँच जनालाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा कन्काइ नगरपालिका ४ बस्ने प्रियंक कँडेल, सोही ठाउँ बस्ने कृष्ण घिमिरे, नवीन बस्नेत, दीपक भुजेल र कनकाई नगरपालिका ३ बस्ने समिक चुँडाल रहेका छन् । उनीहरूको साथबाट दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पाँचथर पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

























