प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

13.8K
shares
Nabil bank

काठमाडौँ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्दा दायर गरेको छ ।

 

आयोगले मंगलबार एक विज्ञप्ति जारी गरी सिरहाको नरहा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र तत्कालीन लेखापाल सुरेश कुमार कुसियैत उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जनाएको हो ।

 

 

उनीहरुले स्वास्थ्य चौकीहरूको लागि औषधि खरिद गर्दा भ्रष्टाचार गरेको पाइएकाले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x