भोली सार्वजनिक बिदा…

2.3K
shares
national life insurances
Nabil bank

काठमाडौं। कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाकले सार्वजनिक विदा दिने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कीर्तिपुरका मेयर नकर्मीको निधनमा आइतबार उपत्यकाका सबै पालिकाहरुमा सार्वजनिक शोक विदा दिने निर्णय गरेको हो।

 

 

 

मेयर्स फोरमका अध्यक्षसमेत रहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘…नकर्मीको निधनबाट सिङ्गो उपत्यकाका सबै पालिकाहरु मर्माहत भएका छन्। शोकको यस घडीमा मिति २०८१ श्रावण १३ गते आइतवारका दिन काठमाडौं उपत्यका भित्रका सम्पूर्ण पालिका तथा पालिका मातहतका निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।’

 

 

 

फोरमका सदस्य रहेका कीर्तिपुर नगरपालिकाका नगर प्रमुख नकर्मीको आज विहान निधन भएको थियो । मृर्गौला रोगले पीडित नकर्मीलाई बिहीबार वीर अस्पतालको आइसीयूमा सारिएको थियो ।

 

 

 

हेर्नुहोस् मेयर्स फोरमले जारी गरेको विज्ञप्ति :

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited