इन्जिनियरको चुनावमा कांग्रेस निकट सिडेनका उम्मेदवार निर्वाचित
वि.सं.२०८१ भदौ ३० आइतवार
711
shares
shares
काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एशोसिएसनको अध्यक्षमा नेपाली कांग्रेस निकट सिडेनका उम्मेदवार सुवासचन्द्र बराल विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् । बरालले ४ हजार ८४२ मत पाउँदा उनलाई पछ्याएका पाण्डेले २ हजार ८१० मत पाए ।
२५ सदस्यीय एशोसिएसनको केन्द्रीय कार्यसमितिमा ३ जना मात्रै सिडेन बाहिरका विजयी भएका छन् । शुक्रबार मतदान भएर आइतबार सकिएको मत गणनामा डेमोक्रेटिक इन्जिनियर्स समूहले केन्द्रीय कार्य समितिमा बहुमत ल्याएकाे हो।
वि.सं.२०८१ भदौ ३० आइतवार १६:२२