राजकुमार न्यौपानेको दशैंको कोसेली ‘पर्देशीको पिडा’ (भिडियो सहित)
वि.सं.२०८१ असोज १९ शनिवार
5.2K
shares
shares
काठमाडौं।हिन्दू धर्मावलम्बीहरुको महान् चाड दशैंको पूर्वसन्ध्यामा राजकुमार न्यौपानेले नयाँ गीत बजारमा ल्याएका छन् । उनले लेखेको ‘पर्देशीको पिडा’ बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा चर्चित गायक नरहरि प्रेमीले स्वर दिएका छन् । राजकुमार न्यौपानेको गीत, पिप्लव अधिकारी एरेन्स रहेको गीतको भिडियोमा अभिनय सुरविर पंडित,निहारिका थापा,रन्जन श्री रुकु बिष्ट/ राम चन्द्र खड्का नारायण तिबारी लगायत रहेको छन् ।
गीतमा परदेशीको कथा र दशैंको रौनक देखिएको छ ।सरोज शाहीको छायाङ्कन/सम्पादन रहेको गीतको भिडियो कोरियोग्राफी तथा निर्देशन अर्जुन डोटेलले गरेका हुन् । न्यौपानेले परदेशी को पीडा र भावना उजागर गरिएको ‘ परदेशीको पिडा’ बोलको गीत सार्वजनिक गरेका थिए ।
भिडियो हेर्नुहोस्


























