गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत अख्तियारमै घुस बोकेर पुगेपछि…

1.3K
shares

 

काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।

हाल नुवाकोटको किस्पाङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत उनी शुक्रबार मुद्दा मिलाइदिन भन्दै अनुसन्धान अधिकृतलाई नै घुस दिन खोजेपछि पक्राउ परेका हुन् ।मेल्लेख गाउँपालिकामा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी (दर्ता नं. ८०८१-C-०३०६७३) को छानबिनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरले विस्तृत अनुसन्धान गर्दै सापकोटालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अनुसन्धानको क्रममा सापकोटाले उजुरीसम्बन्धी कागजात पेश गर्न आएका बेला, उनले अनुसन्धान अधिकृतलाई हरियो झोलाभित्र रहेको पहेँलो खाम बुझाएका थिए ।

खाम खोल्दा त्यहाँ ३१ थान कागजातसँगै एक लाख नगद भेटिएको प्रवक्ता घिमिरेले बताए । सोधपुछका क्रममा सापकोटाले मुद्दा मिलाईदिनको लागि स्वेच्छाले ल्याएको भन्दै बयान दिएको बताइएको छ । उनलाई शुक्रबार अख्तियारको कार्यालय कञ्चनपुरबाट नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

civil hospital
Hams Hospitals