प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

2.2K
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० लाख ८९ हजार ९८९ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा रुवीभ्याली गाउँपालिकाका तत्कालीन इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, असिस्टेन्ट सबइन्जिनियर लालमान तामाङ, रुवीभ्याली–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ, पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चमाया तामाङ छन् ।

रुवीभ्याली गाउँपालिकाअन्तर्गत पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्यमा अनियमितता गरिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

 

रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठजनाले आर्थिक वर्ष २०७६/७७ मा पागोमादेखि स्कुलसम्म शाखा सडक निर्माण कार्य गर्दा १० लाख ८९ हजार ९८९ रुपैयाँ बढी भुक्तानी दिई तथा बुझी भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।

 

आइतबार दायर मुद्दामा जनही १० लाख ८९ हजार ९८९ रुपैयाँ बिगो दाबी गरिएको छ ।

civil hospital
Hams Hospitals