निरीक्षक पोखरेलको केही लागेन

1.7K
shares

 

प्रहरीका अधिकृतहरू आफ्नो फाइदाका लागि के के चाहिँ गर्दैनन् भन्ने बुझ्न धेरै टाढा टाढा गइरहनु पर्दैन । संगठनले बनाएको नीतिलाई लात मारेर भए पनि आफ्नो व्यक्तिगत फाइदा हुन्छ भने त्यसैका पछाडि दौडिन्छन् । यसको एक उदाहरण हुन प्रहरी निरीक्षक कृष्ण पोखरेल । उनी झापाको इलाका प्रहरी कार्यालय काकडभिट्टामा कार्यरत थिए । उनले आफ्नो एक बर्षको कार्यकालमा यहाँ के के मात्रै गरेनन् ।

स – साना व्यापारी हुन वा तस्कर उनी आंफै डिलिङ गर्थे । ठूला कारोबारी र तस्करलाई त उनी क्वाटरमा नै भेट्थे । यो नाकाबाट काम गर्ने कारोबारीहरू उनको असुलीमा कोही बांकी छैन होला । उनले यहाँबाट राम्रो , नराम्रो काम गर्ने कसैलाई बांकी राखेनन् दुख दिन । उनको सरूवा भए पछि यहाँका व्यवसायीहरू धेरै खुशी भएका थिए । तर उनी सरूवा भएर पनि दरबन्दीमा गएनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्षकमल दाहालको कान्छी छोरी गंगा दाहालको श्रीमान् जीवन आचार्यको सोर्सफोर्स लगाएर उनी दरबन्दीमा गएनन् । जबकि उनको दरबन्दी बिराटनगर गणमा थियो । उनले जीवन आचार्य मार्फत प्रदेश प्रहरी प्रमुख मात्रै होइन प्रहरी महानिरीक्षक सम्मलाई दबाब दिएर निरीक्षक पोखरेल दरबन्दीमा नगई काकडभिट्टामा नै बसिरहेका थिए ।

तर हालका प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले हाजिर भएको केही दिनमा नै यी बिबादित निरीक्षक कृष्ण पोखरेललाई रानी बिराटनगर स्थित गणमा दरबन्दीमा रमाना लिन बाध्य गराए । उनी हिडेपछि खुशी भएकाहरू अहिले फेरि अर्का निरीक्षक राजकुमार कार्कीको आंतकमा परेका छन् । पोखरेल जस्तै कार्कीको धन्दा शुरू भएको छ । यसतर्फ पनि प्रदेश प्रहरी प्रमुख अधिकारीले ध्यान पुर्याए हुने थियो कि ?

काकडभिट्टाका प्रहरीद्वारा पीडित व्यवसायीहरू।

civil hospital
Hams Hospitals