सुनको मूल्य ह्वात्तै बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ माघ १८ शुक्रवार
1.6K
shares
shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
आज सुन तोलामा दुई हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । आज चाँदी एक हजार ९ सय १५रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ रहेको थियो ।


























