सुनको मूल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८१ माघ २४ बिहीवार
1.3K
shares
shares
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




























