सुनको मूल्य हालसम्मकै उच्च, हेर्नुहोस् कति पुग्यो आज

वि.सं.२०८१ चैत १ शुक्रवार
768
shares
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन तोलामा चार हजार रुपैयाँले बढेर एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी २ हजार रुपैयाँ कायम भएको थियो।