नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त
वि.सं.२०८१ चैत ६ बुधवार
1.2K
shares
shares
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएका छिन् ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैकको बुधबार बसेको सञ्चालक समितिको ६१८औं बैठकले स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरेको हो ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य, दिपंकर शाक्य उदय, कवि कुमार टिवरेवाला, शालिक राम बेल्बासे र शोभा श्रेष्ठ सञ्चालक समितिमा छन् ।




























