अवैध डलर कारोबारमा सिन्धु कन्टेनर सहकारी पनि तानियो, नारायण पौडेलको नाममा दुई करोड निकासा

वि.सं.२०८१ चैत २९ शुक्रवार
shares

काठमाडौ । काठमाडौको टोखामा बरामद भएको २५ करोड रुपैयाँ रकममध्ये २ करोड रुपैयाँ सिन्धु कन्टेनर बचत तथा ऋण सहकारी संस्थाबाट निकालिएको तथ्य खुलेको छ । जुन सहकारीबाट आरोपित नारायण पौडेलको नाममा दुई करोड रुपियाँ निकासा भएको देखिएको छ । सहकारीको केन्द्रीय कार्यालय सिन्धुपाल्चोक र शाखा कार्यालय भक्तपुरमा छ ।
सिन्धु सहकारीमा चीन बाट निकासी पैठारी गर्ने व्यवसायीको कालोधन धेरै रहेको स्रोतको दाबी छ । उक्त सहकारीको साधारणसभाको बैधतामै प्रश्न उठिरहेको छ । केही महिनाअघि भएको साधारणसभा समेत कोरम नै नपुगी गरिएको आरोप लाग्ने गरेको छ । सहकारीका सचिवमा प्रल्हाद थापालाई राखिएको छ । जसको नाममा पनि अकुत सम्पती छ । आफूलाइ पत्रकार हरिबहादुर थापाको भाइ भनेर दुरुपयोग गर्ने थापाको बिगत र अहिलेको सम्पतीको अवस्था देखेर छिमेकीहरु नै दङग छन ।
रक्तचन्दन, सुन र भेपदेखि बिभिन्न तस्करीमा मुछिएका नारायण सग थापाको पनि कनेक्सन देखिएको राजस्वस्रोतले जनाएको छ । उनका दाजु हरि बहादुर थापा भने भ्रस्टाचार बिरोधि पत्रकारका रुपमा परिचय दिन्छन् ।
राजस्वको अनुसन्धानले नारायणको मात्र संलग्नता देखिए पनि उक्त रकम जम्मा अरुको पनि साथ रहेको प्रहरीले बताउदै आएको छ ।
सिन्धु सहकारीबाट नारायणका नाममा समेत २५ करोड बरामद हुनुअघि रकम प्रवाह गरिएको देखिएपछि कनेक्सन प्रष्टै भएको छ ।
प्रहरीसँग सेटिङ मिलाएर उनीहरुले रकम चीन लाने गर्दैआएका थिए । तर चैत ४ गते राति सेटिङ गरिएको च्यानलभन्दा बाहिरको प्रहरी युनिटले सूचना पाएपछि उनीहरुको रकम बरामद गरेको थियो । रकम बरामद भएपछि नारायण पौडेलमात्र बेपत्ता छन । नारायण दुबईमा भागेको भनिएको छ । उनीहरु दिल्लीमै रहेको समेत स्रोतको दाबी छ ।
स्रोत भन्छ–राजस्वले मिहीन अनुसन्धान गर्ने हो भने नारायणसगै सहकारी र त्यसका सचिव पनि तानिन सक्छन् । सचिव थापाले पनि नारायण पौडेलको नाममा दुई करोड रुपैयाँ सहकारीबाट निकासा भएको स्वीकार गरे ।
यो पनि पढ्नुहोस्: