पटक पटक बैंकिङ्क कसुरमा परेका प्रभु बैकका सिईओ शेरचनलाई पहुँचका भरमा उन्मुक्ति

5.2K
shares
Shine resunga department bank

काठमाडौं ।पटक पटक बैंकिङ कसुरमा परेपनि प्रभु बैंकका सिईओ अशोक शेरचन पहुँचका भरमा पन्छिदै आएका छन् । शेरचनविरुद्द बैकिङ्क उजुरी परेको पाईएको छ । २०८१ साल फागुण २८ मा कुसुम लामाले शेरचनबिरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।

 

बैंक कर्मचारीहरुले मिलेमतोमा कुसुम लामाको खाताबाट अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी भएको उल्लेख उजुरीमा छ । कर्मचारीहरु मिलेर बैंकको आन्तरिक प्रणाली दुरुपयोग गर्दै पीडितको व्यक्तिगत विवरण प्रयोग गरी करोडौंको हिनामिना गरेको उजुरीमा उल्लेख छ । यसरी कुल ६६ लाख ६ हजार रुपैयाँ बराबरको ठगी भएको हो ।
शेरचनविरुद्ध प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही प्रभु बैंक लिमिटेडमा संस्थापक तथा सर्वसाधारणको शेयर तथा निक्षेपमा हानी नोक्सानी पुर्याएको पनि उल्लेख गरिएको छ ।
शेरचनले बैंकको सम्पतिलाई आफ्नो व्यक्तिगत सम्पति सरहको रुपमा आफूखुशी गरेको पाईएको छ । जनकपुरमा रहेको रामजानकी हेल्थफाउनडेशन (जानकी मेडिकल कलेज) मा आफ्नै ससुरा सञ्चालक रहेको र उनीसँग अनाधिकृत फाईदा लिई सम्पतिको अधिक मूल्यांकन गरेर लगानी गरेका थिए । उक्त कर्जा हालसम्म पनि उठाउने प्रकृया सुरु गरेका छैनन् ।
ईन्टिच्यूट अफ एग्रिकञ्चर एण्ड फरेष्ट एण्ड भेटेनरी (जनकी मेडीकल कलेज ग्रुप) बर्दिवासको नाममा रु.१० करोड ८० लाख कर्जा लगानी गरेको देखाई उक्त कर्जा एमुज मेण्टमा लगानी गरी हिनामिना गरेको पनि उजुरीमा उल्लेख छ । एम्पायर प्रोपर्टी चितवनमा दर्ता भई सञ्चालित रियलस्टेट कम्पनीलाई जग्गा धितो आउनु पूर्व नै १५ करोड कर्जा लगानी गरी सो कर्जा पद्मा कोलोनीको पुरानो कर्जामा मिलान गरी वैकिङ सम्पत्ति दुरुपयोग गरेको पनि शेरचनलाई आरोप छ ।

आरध्य मल्टि प्रपोज कम्पनी लिमिटेडले धितोमा दिएको जग्गा मूल्याङ्कनको लागि आफूअनुकुलको मुल्याङ्कन शेरचनकै अगुवाईमा भएको थियो ।
उक्त कामका लागि काठमाडौबाट मुल्याङ्कनकर्ता पठाई सो जग्गाको अधिक मुल्यांङ्ककन गराई करिव १३ करोड लगानी गरेको पनि उजुरीमा लेखिएको छ ।
अर्बिट कन्सल्टेन्सीसँग मिलेमतो गरी प्रभु बैंकको शाखा कार्यालय कमलादीमा अर्बिट कन्सल्टेन्सीको व्यक्तिलाई राखि गोप्य राख्नुपर्ने वैकिङ कारोवारमा अनाधिकृत व्यक्तिको पहुँच दिई विधार्थीहरुले लिएको शैक्षिक कर्जा र स्वदेश तथा विदेशमा बुझाउनु पर्ने फी वापतको रकम अनलाईन भुक्तानी गर्दा बैकले पाउने कमिसनको रकमलाई अर्विटको नाममा बुक गरी बैंकको कमाईको रुपमा रहेको बैक कमिसन हिनामिना गरेर मिलाई हजम पार्ने कामको अगुवाई शेरचनले गरेका थिए ।

 

गुण ग्रुपको नाममा रहेको गुण सिनेमाको नाममा लगानी गरिएको ७६ करोड, ६६ लाख र सुगत ईन्भेष्टमेण्ट प्रालिलाई रु.१ अर्ब ५० करोड लगानी गरेको कर्जा अहिलेसम्म उठेको छैन । यो लागनीमा पनि शेरचनले अबैध साँठगाँठ गरेका थिए । प्रकृयागत रुपमा कमजोरी हुँदहुँदै पनि सो रकम लागनी भएको थियो ।

गुण सिनेमाको मालिक राजेन्द्र शाक्यसँग मिलेमतो गरी वैकबाट बिभिन्न शिर्षकमा कर्जा दिएको देखाई आफू समेतको संलग्नतामा वैकको सम्पत्ति हिनामिना शेरचनले गरेका छन् । यस प्रकारको उजुरी भएपनि शेरचन पहँुचको भरमा जोगिदै आएका छन् । शक्तिको पूजारी रहेका शेरचन बर्तमान प्रधानमन्त्री केपी ओलीलाईसमेत प्रभावमा पार्न अनेक कसरतमा छन् । प्रधानमन्त्रीको नाममा लेखिएको पुस्तकमासमेत बैंकको रुपैयाँ अवैधरुपमा लगानी गरेर प्रधानमन्त्रीकै अघि भाषण गरेपछि उनको आलोचना भएको थियो । चाकडीमा माहिर शेरचनले एक पत्रकार दलालमार्फत प्रधानमन्त्री समक्ष पहुँच बढाउन रकम लागनी गरेको पनि प्रभु बैंक भित्र चर्चा प्रधानमन्त्रीको कालोसूचीमा परेपछि शेरचन खत्रक्क परेका छन् । ती दलाल गर्ने पत्रकारका नेताले उनलाई नेपाल बैंकको गर्भनर भनेपछि पत्रकारलाई लाखौं लगानी गरेको शेरचनले आफन्तजनलाई बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

प्रभु बैँकका सिईओ शेरचनको पद जोगाउन सर्वोच्चले गर्यो एउटै मुद्दा दुई वटा बिरोधाभाष निर्णय

everest Bank
Sharestha treating