प्रभु बैँकका सिईओ शेरचनको पद जोगाउन सर्वोच्चले गर्यो एउटै मुद्दा दुई वटा बिरोधाभाष निर्णय
वि.सं.२०८२ वैशाख ३ बुधवार
shares
काठमाडौं।प्रभु बैंक लिमिटेडका सिईओ अशोक शेरचनले उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदातलमा दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी भएको छ।
कार्यकाल लम्ब्याइ पाउ भन्दै शेरचनले दायर गरेको रिटमा अन्तरिम आदेशसमेत दिएर विवादास्पद निर्णय गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले शेरचनलाई कारण देखाउसहित अन्तरिम आदेश पनि दिएर विवाद सिर्जना गरेको छ ।
प्रभु बैंकमै दुई कार्यकाल खाइसकेका शेरचनले सेन्चुरी बैंकलाई प्राप्ति गरेर मर्जरको बहना बनाए अर्को कार्यकाल पनि दोहोर्याएका थिए।
शेरचन बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ वाफियाको बिरुद्धमा पदमा रहिआएका छन्।
उच्च अदालत पाटनको फैसलाअनुसार सीईओ शेरचनको २०८२ बैशाख ९ गतेबाट स्वत: समाप्त हुनेछ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
कानुनलाइ चुनौती दिने प्रभुका सिइओको भाग्य सर्वोच्चका तीलप्रसादको बेन्चमा


























