सुनको मुल्य बढ्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ जेठ ७ बुधवार
1.2K
shares
shares
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य एकैचोटी तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
बुधबार छापावाल सुनको मूल्य बढेर १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।




























