अख्तियारले छानबिन थालेपछि अध्यागमनबाट सरुवा माग्दै भाग्ने यी कर्मचारीहरू
वि.सं.२०८२ जेठ ९ शुक्रवार
shares
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा भिजिट भिसा सम्बन्धी बदमासीको उजुरी परेपछि ९ जना कर्मचारीको सरुवा गरिएको छ। सरुवा गरिएका कर्मचारीहरूमा प्रमुख अध्यागमन अधिकृत, तीन जना नायब सुब्बा र पाँच जना कम्प्युटर अपरेटरसहितका कर्मचारी रहेका छन्।
सरुवा गरिएका कर्मचारीहरूलाई गृह मन्त्रालयको अध्यागमन विभाग अन्तर्गतबाट जिल्ला प्रशासन कार्यालयहरू र कारागार व्यवस्थापन विभागमा खटाइएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस मामिलालाई गम्भीर रूपमा लिँदै प्रमुख अध्यागमन अधिकृतलाई नियन्त्रणमा लिएको छ र उनको मोबाइललाई ‘फरेन्सिक ल्याब’मा पठाइएको जानकारी दिएको छ।
सरुवा भएका कर्मचारीहरूको नाम र नयाँ कार्यस्थल यसप्रकार छन्:
1. प्रेमप्रसाद पौडेल – नायब सुब्बा – जिल्ला प्रशासन कार्यालय, काठमाडौं
2. विश्वराज जोशी – नायब सुब्बा – जिल्ला प्रशासन कार्यालय, काठमाडौं
3. नरबहादुर थापा – नायब सुब्बा – जिल्ला प्रशासन कार्यालय, बाँके
4. कमल श्रेष्ठ – सहायक कम्प्युटर अपरेटर – कारागार व्यवस्थापन विभाग
5. उदयन सुवेदी – कम्प्युटर अपरेटर – कारागार व्यवस्थापन विभाग
6. प्रदीपकुमार यादव – कम्प्युटर अपरेटर – कारागार व्यवस्थापन विभाग
7. पवन गुरुंग – कम्प्युटर अपरेटर – कारागार व्यवस्थापन विभाग
8. धनराज उपाध्याय – कम्प्युटर अपरेटर – कारागार व्यवस्थापन विभाग
उक्त घटनाले अध्यागमन विभागको कार्यशैलीप्रति प्रश्न उठाइरहेको छ। अनुसन्धान अझै जारी छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:
सिंहदरबार न्यूजको प्रभाव: विमानस्थलका प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा
































