नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सी निगरानीमा
वि.सं.२०८२ जेठ १० शनिवार
shares
नक्कली भिजिट भिसा प्रकरणमा १४ वटा ट्राभल्स एजेन्सीलाई निगरानीमा राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्राभल्स एजेन्सीको कर्मचारीसँग शङ्कास्पद सम्बन्ध देखिएका कारण निगरानीमा राखिएको अख्तियार स्रोतले जानकारी दियो । उनीहरूको व्यवहार र सम्पर्क शङ्कास्पद देखिएका कारण उच्च निगरानीमा राखिएको हो ।
नक्कली कागजात बनाएर बिभिन्न मुलुकमा भिजिट भिसा बनाएर जानेहरूलाई बिचौलियाको काम गर्ने एजेन्सीहरू धेरै छन् । जसले प्रतिव्यक्ति पचासौ हजार सङ्कलन गरेर बिनानस्थल अध्यागमनका प्रमुखदेखि अन्य कर्मचारीलाई पनि भाग लैजाने गरेका थिए । केही दिन अघि विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सिंहदरवार न्यूजले लगातार विमानस्थल अध्यागमनको कर्मचारीको कुकृत्यका बारेमा समाचार प्रकाशन गरिरहेको थियो । विगतमा केही समय रोकिएको काम हिले सञ्चालन हुन थालपछि समाचार प्रकाशन गरिएको थियो ।
सोही आधारमा अख्तियारले अनुसन्धान गर्दा पुष्टि भएपछि कारवाही प्रकृया सुरु भएको छ । त्यसोत अध्यागमन प्रमुख तीर्थ भट्टराईले खाएको घुस कुनै महिलाको नाममा सङ्कलन गरेर बचत गरेको पनि स्वीकारेका छन् । योसँगै गृहमन्त्रालयको माथिल्लो निकाय पनि घुस प्रकरणमा जोडिएको चर्चा भइरहेको छ । गृहमन्त्री रमेश लेखकले पनि घुस खाने कर्मचारीलाई संरक्षण गरेको आरोप लागेको छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:































