कल्चरल इनर्सियास् परिवर्तनमा अवरोध पैदा शक्ति
वि.सं.२०८२ जेठ २१ बुधवार
shares
कल्चरल इनर्सिया अर्थात सांस्कृतिक जडता भन्नाले कुनै समाज वा संस्थामा परिवर्तन भए पनि विगतका सांस्कृतिक प्रवृत्ति, चालचलन, सोच, व्यवहार, र परम्पराहरू पुरानै तरिकाले चलिरहने अवस्था जनाउँछ। यो परिवर्तनमा अवरोध पैदा गर्ने अदृश्य तर प्रभावशाली शक्ति हो। कल्चरल इनर्सियाको उत्पत्ति परम्परा, मूल्य, विश्वास, कार्यशैली, नेतृत्व शैली, सामाजिक संरचना आदिबाट हुने गर्दछ । यसको रूप प्रतिरोध, ढिलाइ, निष्क्रियता, बहानाबाजी, पुरानो सोचको वर्चस्व मार्फत देखिने गर्दछ । यसका अवधारणाहरु पाथ डिपेन्डेन्सी संगठनात्मक अवरोध र परम्परावाद हुन् । पाथ डिपेन्डेन्सीलाई पथ निर्भरता भनिन्छ यो कुनै निर्णय, प्रक्रिया वा प्रणाली समयक्रममा अघिल्ला निर्णय वा अवस्थाहरूको प्रभावमा आधारित भएर अगाडि बढ्ने अवस्था हो। यसको अर्थ, विगतमा गरिएका विकल्पहरू वा लिइएका बाटोहरूकै प्रभावमा भविष्यका निर्णयहरू सीमित वा निर्धारण हुन्छन्। पुराना प्रशासनिक संरचनाहरू वा मानसिकताका कारण नवीन संरचनामा पनि पुरानै सोच र अभ्यासहरू प्रभावशाली भइरहने गर्दछ यसलाई पथ निर्भरता को उदाहरण मान्न सकिन्छ। यसको असरले सुधार प्रयासहरू असफल हुने वा दिगो नहुने, नीति(व्यवहार वीच खाडल देखिने हुन्छ । विकासशील देशहरूमा शासन प्रणाली सुधारको सन्दर्भमा कल्चरल इनर्सिया प्रमुख चुनौती मानिन्छ। यस प्रसंगलाई नेपालको पछिल्लो परिवर्तन संग जोडेर हेर्ने प्रयास गरिएको छ ।
जनतामुखी वा जनमुखी शासन प्रणालीको प्रतिरुप प्रजातन्त्र हो । प्रजातन्त्र व्यक्तिगत स्वतन्त्रता, न्याय, शान्ति तथा अग्रगमनको आधारशीला हो । यसैले प्रजातन्त्र आम मानव समुदायको प्राथमिक चाहनाको विषय हो । प्रजातन्त्र सैद्धान्तिक विषय मात्र नभएर उपरोक्त विषयको व्यवहारिक प्रयोगको अवस्था पनि हो । प्रजातन्त्रमा बहुलवाद, प्रतिस्पर्धा , संवैधानिक सर्वोच्चता, कानूनको शासन, शक्तिपृथकीकरण, समता, मौलिक हक र अधिकारको प्रत्याभूति , आधारभूत स्वतन्त्रता र अधिकारको प्रत्याभूति प्रजातन्त्रका आधारभूत पक्षहरु हुन् । शान्ति, आर्थिक सामाजिक, साँस्कृतिक विकास प्रजातन्त्रका , मानव अधिकार, विकास, शान्ति प्रजातन्त्रका सकारात्मक उपजहरु हुन् । प्रजातन्त्रले राजनीतिक आयामको सशक्तिकरण गर्दै आर्थिक र सामाजिक आयाममा समेत परिवर्तन ल्याउने सामथ्र्य राख्दछ । नेपालले प्रजातन्त्रको माथिल्लो रुप संघीयताको अवलम्बन गर्ने अवसर पाएको छ ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने तथा राज्यशक्तिको प्रयोग तीनै तहले संविधान र कानून बमोजिम गर्ने व्यवस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहका एकल अधिकारहरू संविधानको क्रमशः अनुसूची ५, ६ र ८ मा र संघ, प्रदेश र स्थानीय तहका साझा अधिकारलाई अनुसूची ७ र ९ मा समावेश गरिएको छ । यसरी यी अनुसूचीहरु मध्ये अनुसूची ५, ६ र ८ सम्बन्धित तहका सरकारको एकल अधिकार अर्थात स्व शासन संग सम्बन्धित छन् भने अनुसूची ७ र ९ ती सरकारहरुको साझा अधिकार अर्थात साझा शासन संग सम्बन्धित छन् । अधिकारको यो भिन्न तहमा भएको वांडफांडले संघ, प्रदेश र स्थानीय तहको अन्तर सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा हातेमालो गर्दे अघि बढ्न अभिप्रेरित गरेको छ यसर्थ राजनीतिक आयामको सशक्तिकरण गर्ने र आर्थिक तथा सामाजिक आयाममा परिवर्तन ल्याउने सामथ्र्यलाई यर्थातामा बदल्ने अवसार पनि सिर्जना भएको छ । जनताले वास्तविक प्रजातन्त्रको अनुभूति मूलत दुई तहवाट गर्ने गर्दछ पहिलो राजनैतिक परिपाटीले अगालेको समग्र शासकीय परिपाटी र दोश्रो जनताले सेवा प्राप्ति गर्ने विन्दूमा रहेका प्रशासनिक संयन्त्रको उपस्थिति र प्रभावकारिता । प्रजातान्त्रिक सरकार सधै असल सरकार, प्रभावकारी सरकार र जनमैत्री सरकार सधैं जनसरोकारको शीघ्र सम्वोधन गर्ने कार्यमा तल्लीन रहेको हुन्छ । यसैले नेपालको संघीय शासन प्रणालीले यी जन अपेक्षालाई सम्बोधन गर्न सक्नु पर्दछ ।
संघीयता एउटा उच्चतम प्रजातान्त्रिक आदर्शलेयुक्त शासन प्रणाली हो । प्रजातान्त्रिक शासन प्रणाली भित्र यसका पात्रहरु संरचनाहरु र प्रवृत्ति पनि प्रजातान्त्रिक हुनु आवश्यक हुन्छ । व्यवस्था परिवर्तन भयो तदनुरुप अवस्था वा स्वभाव वा प्रबृत्ति परिवर्तन भएन वा पुरानै गलत संस्कार वा प्रवृत्तिको पुनरावृत्ति भयो भने परिवर्तित शासन प्रणालीले अपेक्षाकृत परिणाम दिन सक्दैन । दोष प्रणालीमा रहदैन पात्रको प्रवृत्तिमा रहन्छ । पात्रको गलत प्रवृत्तिले प्रणाली प्रति दोष थोपरिन पुग्दछ ।
राजनीतिक नेतृत्व, विभिन्न पदाधिकारीहरु र कर्मचारीहरु परिवार, समाज, राष्ट्र र विश्व समुदायको एउटा सदस्य हुन् यसभन्दा अघि उनीहरु एउटा ब्यक्ति पनि हुन् । तर जब उनीहरु व्यक्तिबाट सार्वजनिक भूमिकामा रहन पुग्दछन् उनीहरु व्यक्तिगत चरित्रको कित्ताबाट बाहिरिएर सार्वजनिक चरित्रको कठोर सीमारेखा भित्र बाधिन पुग्नु पर्दछ । यसपछि उनीहरुमा एउटा सामान्य व्यक्तिको हैसियतमा स्वभाविक रुपमा रहन सक्ने नकारात्मक गुणको उपस्थितिलाई ग्राह्य मानिदैन ,जवकि एउटा व्यक्तिमा थोरैनै मात्रामा भएपनि नकारात्मकताको अवशेष कुनै न कुनै रुपमा रहन्छ । यसर्थ शासन प्रणालीका कर्ताहरुमा सकारात्मकता, सदाचारिता र सहिष्णुताको प्रवद्र्धन अनिवार्य शर्त वन्न पुगेको हो । सार्वजनिक चरित्रको वास्तविक अवलम्बनले नै जनमानसमा उनीहरु प्रति सकारात्मक छवि उत्पन्न हुन जान्छ यी पात्रहरुमध्ये केही पात्रहरुमा मात्र पनि सार्वजनिक चरित्रको उपस्थिति देखिएन वा गलत संस्कार वा प्रवृत्ति देखियो भने त्यसले समग्र प्रणाली प्रति नै जनमानसमा नकारात्मक छवि उत्पन्न हुन जान्छ । सकारात्मक सोंच सहितको इच्छाशक्ति र सदाचारिता शासन प्रणालीका पात्रहरुमा हुनु पर्ने अपरिहार्य गुणहरु हुन् । सदाचारिता विनाको इच्छाशक्ति र इच्छाशक्ति विनाको सदाचारिता दुवै अवस्था अपेक्षा गरिएको अवस्थाहरु होइन । सदाचारिता विनाको इच्छाशक्तिले गलत प्रवृत्तिलाई प्रश्रय दिइरहेको हुन्छ भने इच्छाशक्ति विनाको सदाचारिताले अपेक्षित परिणाम दिन सक्दैन । यसर्थ सदाचारिता र इच्छाशक्ति सार्वजनिक पदाधिकारीहरुमा संगसंगै आउनु पर्ने विषयहरु हुन् ।
संघीय शासन प्रणाली तुलनात्मक रुपमा महंगो शासन प्रणाली हो । राम्रो र गुणस्तरयुक्त वस्तुको लागत मूल्य र संभार खर्च स्वभाविकै रुपले वढी हुन्छ तर यस्ता वस्तु वढी टिकाउ पनि हुन्छ । संघीयतामा खर्चको आयामलाई गुणात्मक उपलब्धीको सकारात्मक परिवेशमा हेरिनु पर्दछ । यसै कारणले पनि संघीयतामा खर्चको यो आर्थिक मूल्यलाई जनताको निकटतम दूरीमा रहने शासकीय इकाइहरुको उपस्थितिले जन अपनत्व मार्फत सिर्जना हुनु पर्ने सामाजिक मूल्यले भरथेग गर्न सक्नै पर्दछ । यसको अतिरिक्त विगतका प्रणालीमा देखिएका कमजोरीको कारणले व्यवस्था परिवर्तन भएका हुन् । शासन प्रणालीको परवर्तनले प्रणालीका कमजोरीहरु त निराकरण हुन सक्ने भए तर पात्रको प्रवृत्ति उही पुरानै भयो अझ यस्ता गलत प्रवृत्तिले निरन्तरता र मलजल पायो भने शासकीय प्रणालीमा जन अपनत्व स्थपित गर्न गाह्रो हुन जान्छ । यसले थप अस्थिरता निम्त्याउन सक्दछ ।यसर्थ वदलएिको शासन प्रणाली अनुरुप पात्रहरुको प्रवृत्तिले सकारात्मक र आशावादी आयाम समात्न सक्नु पर्दछ ।
नेपालको शासन प्रणालीमा संरचनात्मक सुधारहरू आवश्यक र सराहनीय छन्, तर ती सुधारहरूलाई व्यवहारमा रुपान्तरण गर्न सांस्कृतिक जडता को पहिचान र समाधान अपरिहार्य छ। जबसम्म संस्थागत व्यवहारमा रूपान्तरण हुँदैन, तबसम्म नीति परिवर्तनले मात्र शासन प्रणालीको गुणस्तरमा अपेक्षित प्रभाव पार्न सक्दैन। त्यसैले, अबको ध्यान संस्कारको सुधार मा जानु आवश्यक छ जुन दिगो सुशासनतर्फको यात्रा हो।
न्यूटनको पहिलो नियम ूकुनै पनि वस्तु स्थिर रहन्छ वा समान वेगमा सिधा रेखामा गतिशील रहन्छ, जबसम्म उसमाथि कुनै बाह्य बल लाग्दैनू हो यस नियमलाई जडत्वको नियम ९ीबध या क्ष्लभचतष्ब० पनि भनिन्छ। सरल भाषामा बुझ्दा यदि कुनै वस्तु चलिरहेको छैन भने, त्यो आफैं चल्न सुरु गर्दैन, यदि कुनै वस्तु चलिरहेको छ भने, त्यो उस्तै गतिमा सोझो रेखामा चलिरहन्छ, जबसम्म उसलाई रोक्ने ९जस्तै घर्षण, वायुरोध आदि० वा दिशा परिवर्तन गराउने बल लगाइदैन । यसका अन्य उदाहरणहरूमा टेबुलमा राखिएको कलम आफैं हिँड्दैन यसले जडत्व देखाउँछ, चालु बस अचानक रोकिँदा यात्रु अगाडि धकेलिन्छन्, किनभने यात्रु पहिलेको गति अनुसार अगाडि नै बढ्न चाहन्छन् यो पनि जडत्वकै असर हो। भौतिक जडत्व ९ एजथकष्अब िक्ष्लभचतष्ब० र सांस्कृतिक जडत्व ९ऋगतिगचब िक्ष्लभचतष्ब० करीव समान प्रकृतिका हुन्छन । सांस्कृतिक जडत्व भन्नाले समाज, संस्था, वा समुदायमा परम्परागत सोच, चलन, अभ्यास र मान्यताहरू पुरानै अवस्थामा टाँसिइरहनु, बदल्न पनि कठिन हुनु हुन्छ यसका लागि कुनै बलियो बाह्य ९वा आन्तरिक० परिवर्तनकारी शक्तिको आश्यकता पर्दछ। न्यूटनको जडत्वको नियम को यस भौतिक सिद्धान्तलाई सामाजिक सन्दर्भमा हेर्दा, सांस्कृतिक जडत्व सँग तुलना गर्न सकिन्छ। सांस्कृतिक जडत्व भन्नाले कुनै समाज, संस्था वा समूहले अपनाएका परम्परा, मान्यता र व्यवहारहरू यथास्थितिमा नै रहन खोज्ने प्रवृत्तिलाई जनाउँछ। जसरी एउटा वस्तुमा परिवर्तन ल्याउन बाह्य बल आवश्यक पर्छ, त्यसरी नै कुनै समाजमा गहिरिएर बसेका संस्कार, सोच र अभ्यास परिवर्तन गर्न पनि सामाजिक, शैक्षिक वा नीतिगत बल चाहिन्छ। सांस्कृतिक जडत्वले परिवर्तनलाई अवरोध गर्छ, र सुधारका प्रयत्नहरूलाई ढिलो वा कमजोर बनाउँछ। भौतिक जडत्वले वस्तुको गति परिवर्तन गर्न गाह्रो बनाउँछ भने, सांस्कृतिक जडत्वले सोच, व्यवहार र प्रणालीमा परिवर्तन गर्न कठिन बनाउँछ। त्यसैले सामाजिक रूपान्तरणको क्रममा सांस्कृतिक जडत्वको पहिचान र त्यसको प्रभावकारी व्यवस्थापन गर्नु अत्यन्त आवश्यक हुन्छ।
नेपालमा शासन प्रणाली सुधारका प्रयासहरूलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सांस्कृतिक जडताको अन्त्य गर्नु अत्यावश्यक छ। यसका लागि पहिलो रणनीति हो सञ्चार र अभिवृद्धि कार्यक्रममार्फत सार्वजनिक सेवा प्रदायकहरूलाई सांस्कृतिक जडताका असरबारे संवेदनशील बनाउने। यसले उनीहरूलाई आफूभित्र रहेका परम्परागत सोच र अभ्यासहरूको पुनरावलोकन गर्न प्रेरित गर्दछ। दोस्रो, हरेक सरकारी तहमा सुधारप्रति प्रतिबद्ध, विचारशील र निडर नेतृत्व तयार पारिनु आवश्यक छ, जसलाई परिवर्तन नेतृत्व का रूपमा परिचित गराउन सकिन्छ। तेस्रो, संस्थागत व्यवहारमा रूपान्तरण ल्याउन प्रोत्साहन र पुरस्कार संरचना विकास गरिनुपर्छ—नयाँ र सुधारात्मक सोच, प्रविधि(मैत्री अभ्यास तथा जनमुखी सेवा प्रवाहलाई प्रोत्साहन दिने नीति अवलम्बन गरिनुपर्छ। चौथो, नीतिहरूको कार्यान्वयन अवस्थालाई मापन गर्न नियमित अनुगमन तथा मूल्याङ्कन प्रणालीको विकास गर्नु आवश्यक छ, जसले नीति र व्यवहारबीचको खाडल पहिचान गर्न सहयोग पुर्याउँछ। अन्ततः, सबै सुधार प्रयासहरूलाई स्थानीय सन्दर्भ र आवश्यकताअनुसार अनुकूल बनाइनु पर्छ ताकि नीति कार्यान्वयन स्थानीय तहमै अपनत्वसाथ अघि बढोस्। यी रणनीतिहरू कार्यान्वयन गर्न सकिएमा शासन प्रणालीमा जडित परम्परागत सोचलाई क्रमशः बदल्न सकिन्छ, र सांस्कृतिक जडताको प्रभावकारी व्यवस्थापनमार्फत दिगो सुधार सम्भव हुन्छ।
सांस्कृतिक जडताको मूल जड व्यक्ति, संस्था र समाजमा गहिरो रूपमा जरा गाडेर बसेको सोच, प्रवृत्ति र अभ्यासमा हुन्छ, जसलाई ूसंस्कारू भनिन्छ। शासन प्रणाली सुधारका लागि यो संस्कार परिवर्तन अपरिहार्य छ। यसको लागि पहिलो चरण हो — चेतना अभिवृद्धिस सुधारका कारण, लाभ र आवश्यकता बारेमा स्पष्ट सन्देश र संवादमार्फत संस्थागत तहमा समझदारी बढाउनु आवश्यक छ। दोस्रो, अनुकरणीय नेतृत्व र आचरण को प्रवर्धन गरिनुपर्छ, जसले आफू उदाहरणीय व्यवहार गरेर अरूलाई पनि प्रेरित गर्छ। तेस्रो, प्रशिक्षण र क्षमता विकास कार्यक्रमहरू सुधारमुखी सोच, सेवा प्रवाहमा जनउत्तरदायित्व, र पारदर्शिता जस्ता मूल्यहरूमा केन्द्रित हुनुपर्छ। चौथो, कर्मचारी मूल्याङ्कन प्रणालीमा संस्कारगत व्यवहार लाई समावेश गरी पुरस्कृत र उत्तरदायी बनाउनुपर्छ। पाँचौं, संस्थागत सुधार र परम्परामा सुधारलाई सम्मान गर्ने संस्कृतिको विकास गरिनुपर्छ जसले परिवर्तनलाई गर्वको विषय बनाउँछ। अन्ततः, यस्तो सुधारलाई निरन्तर अभ्यास, सामाजिक दबाब र प्रणालीगत समर्थनमार्फत जीवन्त राख्नुपर्छ र हर क्षेत्रमा योग्यता प्रणालीको अवलम्बन गर्नु पर्दछ। जबसम्म व्यक्ति र संस्थामा सुधार स्वाभाविक अभ्यास बन्दैन, तबसम्म संस्कार परिवर्तन अपूरो रहन्छ। त्यसैले, शासन सुधारको दिगो जग संस्कार परिवर्तनमै निहित छ।
(प्रशासनविद तथा गीतकार डा. दामोदर रेग्मीका अन्य थप सामग्रीहरु https://www.facebook.com/regmi.d/, https://www.youtube.com/@dr.damodarregmi मा पढ्न र सुन्न सकिन्छ तथा [email protected] मार्फत सम्पर्क गर्न सकिन्छ )





























