टोखामा गोली चल्यो, दुई जना घाइते

2.2K
shares

काठमाडौं । टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् ।

 

मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

 

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

 

दुईजना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन ।

civil hospital
Hams Hospitals