पशुपति क्षेत्र विकास कोषका अधिकारीसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८२ असार ८ आइतवार
shares
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका उच्च अधिकारीसहित १४ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन सदस्य सचिव तथा हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा लगायतका विरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार उनीहरूले सार्वजनिक सम्पत्ति हिनामिना तथा हानी–नोक्सानी गराई भ्रष्टाचार गरेको प्रमाणित भएकाले कारबाही प्रक्रिया अघि बढाइएको हो ।
आरोपितहरूमाथि पशुपति क्षेत्र विकास कोष र अन्य सार्वजनिक संस्थाको सम्पत्तिमा अनियमितता गरेको, स्वार्थगत निर्णय लिएको र आर्थिक अपचलनमा संलग्न रहेको जस्ता गम्भीर आरोपहरू छन् । मुद्दामा संलग्न दुई कम्पनीको नाम भने खुलाइएको छैन ।
विशेष अदालतमा दायर मुद्दाको सुनुवाइ छिट्टै हुने अपेक्षा गरिएको छ ।































