प्रमुख प्रशासकीय अधिकृत पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
वि.सं.२०८२ असार २२ आइतवार
3.5K
shares
shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको हो। उनीहरूले ट्रेडर्स प्रा.लि.मार्फत गैरकानुनी लाभ लिई राज्यलाई आर्थिक हानी पुर्याएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार ठेक्का प्रक्रियामा अनियमितता गरी सरकारी स्रोतको दुरुपयोग गरिएको र त्यसबाट निजीतर्फ लाभ लिइएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।





























