आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति
वि.सं.२०८२ असार २४ मंगलवार
shares
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रमआजैदेखि स्थगन गरी सेवा सुचारु गर्ने सहमति भएको छ।
उद्योगमन्त्री दामोदर भण्डारी,स्वास्थ्यमन्त्री प्रदीप पौडेल र कानून मन्त्री अजय चौरसिया सहभागी भएकाे बैठकमा चिकित्सक संघ पदाधिकारीसँग सहमति जुटेकाे हाे ।
विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधन लगायतका विषयमा ७ दिन भित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने सहमति समेत भएकाे छ ।
चिकित्सक सङ्घको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका थिए ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै सङ्घले विरोध जनाउँदै आएको थिए ।
बिरामीको उपचारमा लापरबाही गरेको भन्दै उपभोक्ता अदालतले पछिल्लो समय केही अस्पताललाई क्षतिपूर्ति तिराउने फैसला गरेको थियो ।






























