छ वटा कन्सल्टेन्सी कारबमहिमा परे
वि.सं.२०८२ साउन २ शुक्रवार
shares
काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक कन्सल्टेन्सीलाई जरिवाना गरेको छ । ललितपुर महानगरपालिका–५ स्थित एसएस एजुकेशन सोलुसन प्रालिलाई ५१ हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) र सोही ऐनको दफा ३९ को १(घ) बमोजिमको कसुरमा कारबाही गरिएको विभागले जनाएको छ । दफा ३८ (ट) मा दफा २० को उपदफा (१) वा (२) बमोजिमको काम नगरेमा कारबाही हुने उल्लेख छ ।
दफा २० ले मूल्यसूची तथा दर्ता प्रमाणपत्र राख्नुपर्ने व्यवस्था गरेको छ । उपदफा (२) मा उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजत पत्र सर्वसाधारणले देख्नेगरी राख्नुपर्ने उल्लेख छ ।
दर्ता प्रमाणपत्र नराखिकन कन्सल्टेन्सी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको विभागले जनाएको छ । त्यसैगरी, विभागले अन्य ६ वटा कन्सल्टेन्सीलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।
जसमा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, वेलनेस अर्गानिक क्लब प्रालि, आईडिपी एजुकेशन नेपाल प्रालि, थ्री सिकस्टी एजुकेशन सोलुसन्स प्रालि, डाँफे लिंक प्रालि, अल्फा बिटा इन्स्टिच्युट प्रालि रहेको छ ।





























