शाखा अधिकृत प्रसाई भ्रष्टाचार मुद्दामा दोषी ठहर

27.6K
shares
Nabil bank
काठमाडौं । विशेष अदालतले शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।घुससहित रंगेहात पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौँका शाखा अधिकृत धनेश्वर प्रसाईसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रसाईंलाई ६ महिनाम कैद सजाय फैसला गरेको छ ।त्यस्तै घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् । उनलाई पनि ६ महिना कैद सजाय सुनाएको छ ।त्यस्तै उनीहरु दुबैले डेढ÷डेढ लाख रुपैयाँ जरिबाना बुझाउन आदेश दिएको छ। प्रसाईंले पेन्सन पट्टा बनाउन आएका एक पूर्वशिक्षकसँग घुस बापत ३ लाख रुपैयाँ लिएका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते प्रसाईलाई ३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानको सिलसिलामा प्रसाईसँग कार्यालय सहयोगी भवानी अधिकारी र बिचौलिया सुदर्शन न्यौपानेको पनि मिलेमतो पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको शिक्षा मन्त्रालय विभागीय कार्यसमितिका कोषाध्यक्ष हुन्।उनले अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस मागेका थिए। बिचौलियामार्फत घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका थिए।उनले अवकाशप्राप्त शिक्षकको नियमानुसार बन्नुपर्ने पेन्सनपट्टा (निवृत्तभरण अधिकारपत्र) बनाइदिनको लागि विभिन्न बहाना बनाई घुस मागेका थिए। बिचौलियामार्फत घुस लिएपछि उनी अख्तियारको फन्दामा परेका थिए।
धनेश्वर प्रसाई र सुदर्शन न्यौपानेले निवेदकको पेनसन पट्टा बनाउने कार्यको लागि घुस माग गरेको, प्रसाई पेन्सन पट्टा बनाउने कामसँग सम्बन्धित कर्मचारी भएको, उनको कार्यकक्षको दराजबाट ३ लाख रूपैयाँ बरामद भएको र उक्त रकम सुदर्शन न्यौपाने नामका बिचौलियामार्फत लिएको पुष्टि भएको अदालतको ठहर छ।
उनीहरूले कसुर गरेको पुष्टि हुन आएकाले घुस लिएको बिगो ३ लाख रुपैयाँको दामासाहीले हुने १ लाख ५० हजारका दरमा बिगो, त्यति नै जरिवाना र ६ महिनाका दरले कैद सजाय हुने फैसला भएको विशेष अदालतले जनाएको छ।
civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x