एनआईसी बैंकका सिइओ न्यौपानेको ज्यादती: २ बर्षदेखि पाएनन् कर्मचारीले सुविधा
वि.सं.२०८२ साउन २६ सोमवार
shares
काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडका सीईओ रोशन कुमार न्यौपानेले मालिक खुसी पार्न र आफ्नो सेवा सुविधा बढाउन कर्मचारीमाथि हदैसम्मको ज्यादती गर्ने गरेको पाईएको छ। माडवाडी साचालक खुसी बनाउन न्यौपानेले कर्मचारीका अत्यावश्यक सेवा सुविधाहरू क्रमशः कटौती गरेको भेटिएको हो।
मालिक खुसी पार्न कर्मचारीमाथि शोषण गर्दै आएका न्यौपाने दुई वर्षदेखि उनीहरुले पाउँदै आएको आवास ऋण समेत पूर्ण रूपमा बन्द गरिदिएका छन् । उनको यस निर्णयलाई कर्मचारीहरूले यसलाई ‘नीतिगत निर्णय’नभई, ‘व्यक्तिगत मनपरी’र ‘जातीय–क्षेत्रीय विभेद’को परिणाम भनेका छन्।
आवास ऋणमा दोहोरो खेल
न्यौपानेले कर्जा “Risk Assets को १.५% भन्दा बढी हुन हुँदैन”भन्ने अघोषित दाबी गर्दै आवास ऋण रोकेका छन् । तर कर्मचारी विनियमावली, आन्तरिक नीति, म्यानुअल वा SOP मा यससम्बन्धी कुनै पनि आधिकारिक व्यवस्था तथा सीमा उल्लेख छैन। कर्जा सुविधा रोक्ने भन्ने सम्बन्धमा बैंकबाट आधिकारीक रुपमा सर्कुलर निकालिएको छैन, तर कर्मचारीले नियमअनुसार पाउने कर्जा सुविधा भने रोकिएको छ। मानव संसाधन विवाभले कर्जा दिन मिल्दैन भन्ने मौखिक जानकारी गराएर सुविधाबाट बन्चित गरिएको कर्मचारीहरूको गुनासो छ।
यतिमात्र होइन, बैंकमा हाजिर गरेकै भरमा करोडौं रुपैयाँ तलब सविधा एवं महंगा सेवा लिंदै आएका नेउपानेले मालिन खुसी बनाउनकै लागि झन्डै दुई वर्षदेखि बोनस दिएको छैन। अन्य बैंकका कर्मचारीहरूले ५–६ महिनाको बराबर बोनस पाउँदा एनआईसी एशिया बैंकका कर्मचारीले मात्र १ हप्ताको बोनस पाएका छन्। जुन निकै लजास्पद बिषय हो। त्यसमाथि नयाँ वर्षको सुरुवातमै कर्मचारीहरूको मेडिकल बीमा पनि हटाइएको छ। यसलाई कर्मचारीहरूले पशुसरहको व्यवहार भनेका छन्।
सीईओ न्यौपानेले बैंकभित्र हुने सरुवा बढुवामा समेत अन्यायपूर्ण व्यवहार गर्दै आएका छन्। न्यौपानेले गत दुई वर्षमा जम्मा पाँच जनालाई मात्र पदोन्नति दिइएको छ। जसमा उनका आफ्नै निकटमा काम गर्नेहरु रहेका छन्। उनको प्राथमिकतामा मधेसका कर्मचारीहरू नपर्ने गुनासो बैंकभित्र व्याप्त छ। कर्मचारीहरू भन्छन्—सीईओ, डेपुटी सीईओ, र मानव संसाधन व्यवस्थापन प्रमुख सबैको स्थायी घर काठमाडौं भएकाले बाहिरका शाखामा काम गर्ने विशेष गरी मधेसका कर्मचारीहरूको कर्जा रोकिएको छ।’
यस सम्बन्धमा कर्मचारीहरुले बैंकको मानव संसाधन विभाग र युनियनलाई पटक–पटक गुनासो गरेको भए पनि व्यवस्थापनको प्रभावमा परी उनीहरुले समेत कर्मचारीको गुनासो वेवास्ता गर्दै आएका छन् । युनियन नेतृत्व नै व्यवस्थापनको दबाबमा निष्क्रिय भएको कर्मचारीहरू बताउँछन्। कर्मचारी विनियमावलीमा भएको व्यवस्थाविपरित सीईओ र बोर्डले समेत मनपरी रुपमा बैंक चलाईरहेको कर्मचारीहरूको आरोप छ। बैंकका एक कर्मचारी भन्छन्,- यसरी विनियमावलीकै विरुद्दमा जानु भनेको ‘policy gap’सँगै ‘ethics collapse’को प्रमाण हो।’
यसरी मालिक खुसी पार्नकै लागि नियमविपरित गएर कर्मचारीको सेवा सुविधा रोक्नु बैंकिङ नियमको ठाडो उल्लंघन हो। तर, पटक- पटक बैंक अनुगमनमा जाने राष्ट्र बैंकले प्राप्त उजुरी तथा गुनासोमाथि समेत अहिलेसम्म कुनै छानबिन नगर्नु भनेको नियामक निकायको निकम्मापन भएको कर्मचारीहरुको आरोप छ।
योसँगै एनआईसी एशिया बैंककोव्यवस्थापकीय कमजोरी, असन्तुष्टि र सीईओ न्यौपानेको नेतृत्वमाथि उठेको प्रश्नले बैंकको आन्तरिक अवस्था तथा यसको प्रतिष्ठामै गहिरो प्रश्न उब्जाएको छ। यस सम्बन्धमा न्यौपानेले भने कुनै प्रतिक्रिया दिन चाहेनन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
एनबी बैङ्क डुबाएका ज्ञानेन्द्र एनआईसी छिर्ने दाउमा, नबिलका भूपेन्द्रलाई सिनियर डेपुटीको ‘ललिपप’






























