सुन बोकेको एपेक्स ग्लोबल लजिष्टिकद्वारा स्वीकार
वि.सं.२०८२ साउन ३० शुक्रवार
shares
काठमाडौँ । कुरियर तथा लजिष्टिक सेवा प्रदायक कम्पनी एपेक्स ग्लोबल लजिष्टिक प्रा लि ले आफ्नो सामान भित्र सुन रहेको स्वीकार गरेको छ ।

कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा कम्पनीले पठाएको सामानभित्र सुन रहेको र भन्सार कार्यालयले अनुसन्धान गरिरहेको विषय पनि स्वीकार गरेको छ । तर, यो विषयमा अनलाइनमा प्रकाशित समाचार भने प्रतिस्पर्धी कम्पनीले व्यक्तिगत लाभका लागि बनाइएको हुन सक्ने आरोप लगाएको छ ।
भन्सार कार्यालयले नै अनुसन्धान गरिरहेको विषयलाई सिंहदरवारन्यूजले समाचार प्रकाशन गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयेसमेत सुन पक्राउ गरिएको बताएपछि सो विषयमा समाचार प्रकाशन गरिएको हो ।
प्रमुख भन्सार प्रशासक दिलीपकुमार गौतमले कार्गो तथा कुरियरको ३ सय किलो सामान पठाउँदा सुन पक्रिएको स्वीकार गर्छन् । एक्स-रे मेसिनबाट सुन पक्रिएको थियो । उक्त कम्पनीको यस्ता बदमासी पहिलेदेखि नै हुँदै आएको पाइएको छ । सुन पक्रिएको विषयमा अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
सिंहदरवारन्यूज डटकममा समाचार प्रकाशित भएपछि एपेक्स ग्लोबल लजिस्टिक लगायत विभिन्न कार्गो कुरियरहरूको सामान उच्च निगरानीमा राखेर कडाईका साथ भन्सारमा चेकजाँचको व्यवस्था गरिएको छ । विभिन्न देशहरूमा सामानभित्र लुकाएर चुरोट, सुकुटी जस्ता विभिन्न नियम विपरीतका सामानहरू पठाउने कार्गो तथा कुरियरहरू भन्सार कार्यालयको उच्च निगरानीमा रहेका छन् ।
कुनै पनि वस्तुको नाम र विल बिजक नभइ भन्सार छलेर सामान लानेहरुको गोदाममा नै छापा मारेको समेत पाइएको छ।र भन्सारले उक्त कार्गो हरुको सामान समेत ३ दिन देखि होल्ड गरेर उच्च निगरानीमा राखेको भन्सारका एक कर्मचारी सिहदरवारन्युजलाइ बताए।
त्यसको मतियार इगल एक्सपर्टदेखि उसले सामान दिने एपेक्स कुरियरसम्मले गरिरहेका छन् । पटक पटक अवैध सुन समातिनु पनि त्यसको उदाहरण हो ।
काबी इम्पोर्ट एण्ड एस्सपोर्टमार्फत आएको सुन त भन्सारले नै पक्रेको थियो । काबी इम्पोर्ट एण्ड एक्सपोर्ट र रिलायबल कार्गोका मालिक कृष्ण पन्त हुन् ।
ती काग्रो एण्ड कुरियर्सलाई भन्सार कार्यालयले उच्च निगरानीमा राखेको भन्सार कार्यालयका एक कर्मचारीले बताए । तर, कुनै किसिमको कारवाही भने भएको छैन।
यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:
सामान ओसार पसार गर्ने कार्गो तथा कुरियरहरूको मिलेमतो यसरी हुन्छ अवैध सामानको कारोबार




























