सामान ओसार पसार गर्ने कार्गो तथा कुरियरहरूको मिलेमतो यसरी हुन्छ अवैध सामानको कारोबार 

17.1K
shares

काठमाडौँ ।  एपेक्स ग्लोबल लजिस्टिकको नाममा रहेको  सामानभित्र २ तोला सुनसहितको अवैध सामग्री बरामद भएपछि यो कम्पनी पुनः विवादमा आएको छ । करिब ३ सय केजीको लत्ताकपडाभित्र लुकाइएको सुन  भन्सार प्रक्रियामा समातिएको हो ।

 

यस अघि पनि अवैध काममा संलग्न रहेको यो कम्पनी पछिल्लो समय गैरकानुनी सामान ल्याउने र लैजानेमा अग्र पङ्क्तिमा रहेको छ र पहुँच र पैसाका भरमा अवैध काम हुँदा पनि कम्पनीका सञ्चालकहरू खुलेयाम हिँडिरहेका छन् । कारण उनीहरु अहिले पनि बजारमा छद्म नाममा कारोबार गर्दछन् ।

 

 

भन्सार स्रोतका अनुसार उक्त कार्गो कम्पनी लामो समयदेखि अवैध सामान पठाउने धन्दामा संलग्न रहँदै आएको छ । पटक–पटक राजश्व अनुसन्धानको घेरामा परेपनि प्रभावशाली सञ्चालकहरूको पहुँचका कारण उन्मुक्ति पाउँदै आएको बताइन्छ । घटनाबारे जानकारी राख्ने एक कर्मचारीले   प्रमुख  भन्सार  प्रशासक  दिलिपकुमार गौतममार्फत ‘बार्गेनिङ’ भइरहेको समेत जानकारी दिएका छन् ।

 

 

नुनदेखि सुनसम्मका सामान विदेश पठाउने र ल्याउने यस्ता कार्गो कम्पनीका सञ्चालकले रातारात अरबौँ रुपैयाँ आर्जन गर्नुले पनि उनीहरूको काम शङ्काको घेरामा हुन्छ । तर, पैसाका बलमा निर्णायक निकाय नै प्रभावमा पारेर उनीहरु उम्किइरहेका छन् ।

 

 

नेपालमा रहेका केही विदेशी फ्रेन्चाइज कम्पनीहरूको समेत संलग्नतामा यस्तो कार्य हुँदै आएको प्रमाण फेला पारेर पनि सरकारी निकाय मुकदर्शक बन्दै आएको छ ।

 

 

एक कार्गो व्यवसायीका अनुसार, एपेक्स ग्लोबल लजिस्टिकले वर्षौँदेखि यस्तै अवैध कारोबार गर्दै आएको मात्र होइन, प्रतिस्पर्धी कुरियर कम्पनीका सामान जफत गराउने र उनीहरूलाई आर्थिक तथा व्यवसायिक रुपमा नोक्सान पु¥याउने काम समेत गर्दै आएको छ । यसको प्रमाणसहित बिभिन्न निकायमा उजुरी पनि परेको छ । तर, कारवाही भएको छैन ।  पछिल्लो पटकको सुन बरामद प्रकरणपछि कम्पनीका सञ्चालकहरूले ‘राजश्व अनुसन्धान विभाग हाम्रो आफ्नै हो, सबै मिलाउँछौ’ भन्दै घमण्ड गरेको भन्सारकै एक कर्मचारीले बताए ।

 

कारवाही बाट बच्न कम्पनीका सञ्चालकहरूले नक्कली नाम प्रयोग गर्ने र वास्तविक परिचय गोप्य राख्ने गरेका छन् । नेपालमा हाल ३ सय भन्दा बढी कार्गो तथा कुरियर कम्पनी दर्ता छन्, जसमा केही ठूला नाम चलेका कम्पनीहरूले मोटो रकम लिएर अवैध सामान पठाउने गरेको विभिन्न अनुसन्धानले देखाएको छ ।

 

 

केही समयअघि काठमाडौंको क्षेत्रपाटीस्थित एक कम्पनीले पठाएको सामान अष्ट्रेलियाको सिड्नीमा बरामद भएको थियो । चुरोट भनेर पठाइएका ती सामान वास्तवमा प्रतिबन्धित वस्तु भएको खुलेको थियो । त्यस्तै, नेपाल कुरियर सेवा सङ्घका एक भूतपूर्व पदाधिकारीको कम्पनीले पनि सुर्ती, सुकुटी, नक्कली गहना भनेर सक्कली सुन विदेश पठाउने गरेको भन्सार कार्यालयका एक पूर्व कर्मचारीले बताए । सो काम गरेवापत  आफूले केही रकम पनि पाएको उनले बेलुकीको बसाईमा बताएपछि यी कर्तुत खुलेको हो ।   ठमेल,दरवारमार्ग र सिनामंगलमा रहेका कम्पनीहरु यस्ता कर्तुतमा लागेको भेटिएको छ ।

 

 

 

एपेक्सले अस्ट्रेलियामा अबैध सुर्तीजन्य पदार्थ लुकाइ छुपाइ र मोटो रकम बजारबाट उठाएर पठाउदै आएको समेत पाइएको छ। जस्को सामान्य भन्सारमा ३ दिन देखि संखाको घेराभित्र राखेर होल्ड समेत गरिएको त्याहाँको कर्मचारीले बताए ।

 

 

 

भन्सार छल्ने प्रक्रियामा ०४४ एजेन्ट नम्बर’का गौतम कार्गो क्लियरेन्सका गौतम भट्ट समेत संलग्न रहेको पाइएको छ । कार्गो व्यवसायको आवरणमा यसरी अवैध कारोबार भएर बिदेशमा सामान समातिँदा नेपालको अन्तर्राष्ट्रिय छविमा असर परेको छ । तर, नेपाल सरकारका आधिकारिक निकाय अवैध रकमका भरमा रमिते बनिरहेको छ ।

 

 

कार्गो कम्पनीहरुले अवैध काम गरेको सूचना पाइएको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए । प्रमाण भए कार्वाहीमा कमी नहुने उनको भनाइ छ ।

 

प्रमुख भन्सार  प्रशासक  गौतम एपेक्स लजिस्टिकको ३ सय  किलो सामान पठाउँदा दुई तोला सुन पक्रिएको स्वीकार गर्छन् ।  एक्सरे मेसिनबाट सुन पक्रिएको थियो । उक्त  कम्पनीको यस्ता बदमासी पहिलेदेखि नै हुँदै आएको पाइएको  छ ।

 

उक्त कम्पनीले सामानको मूल्यसमेत गलत राखेर पठाएको पाइन्छ ।  सामान बरामद भएपछि सो सामानको मूल्य बराबर बिगोसहित कम्पनीलाई कारबाही हुने गौतमले बताए ।

 

काठमाडौँको एयरपोर्टबाट  हात्ती छिराउन सक्छु भन्ने चाल्र्स शोभराज बर्षौ जेल बसेर पनि उनको देश पुगिसकेका छन् । उनको भनाइलाई पुष्टि हुने गरेर अहिले कुरियर कार्गो गर्ने व्यवसायीहरुले विमानस्थलको ढोका बाट आफू अनुकुलकका सामान ओसार पसार गरिरहेका छन् । त्यसको मतियार इगल एक्सपर्टदेखि उसले सामान दिने  एपेक्स कुरियरसम्मले गरिरहेका छन् । पटक पटक अवैध सुन समातिनु पनि त्यसको उदाहरण हो ।

 

काबी इम्पोर्ट एण्ड एस्सपोर्टमार्फत आएको सुन त भन्सारले नै पक्रेको थियो ।  काबी इम्पोर्ट एण्ड  एक्सपोर्ट र रिलायबल कार्गोका  मालिक कृष्ण पन्त हुन् ।
ती काग्रो एण्ड कुरियर्सलाई भन्सार कार्यालयले उच्च निगरानीमा राखेको भन्सार कार्यालयका एक कर्मचारीले बताए । तर, कुनै किसिमको कारवाही भने भएको छैन।

civil hospital
Hams Hospitals