सुनको मूल्य हालसम्मकै उच्च,२ लाख नजिक पुग्यो
वि.सं.२०८२ भदौ १२ बिहीवार
2K
shares
shares
काठमाडौं । आज बिहिबार सुनचाँदीको भउ वृद्धि भएको छ । यस दिन तोलाको ४ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको छ ।
यस अघि गत साउन १९ गते पनि सुनको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । यो हालसम्मकै उच्च मूल्य हो । हिजो बुधबार तोलाको १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ तोलाको २० रुपैयाँले वृद्धि भएर २ हजार ३५५ रुपैयाँ पुगेको छ ।


























