महाराजगन्ज शिक्षण  अस्पतालमा सामाजिक सुरक्षा कोषमार्फत सेवा लिने बिरामी हैरान

6.3K
shares

काठमाडौँ । शिक्षण अस्पताल महाराजगन्जमा  सामाजिक सुरक्षा कोषमार्फत स्वास्थ्य सेवा लिन आएका बिरामीहरूले   दुःख भोग्न परिरहेको छ ।
यसबारे  अस्पताललाई  बताउँदा  सामाजिक सुरक्षा कोषकै कारण यस्तो भएको   व्यवस्थापनले बताउँने गरेको छ ।

 

कोषले भने यो समस्या अस्पताल कै कारण आएको ओठे जवाफ दिने गरेको छ । दुवै पक्षले जिम्मेवारी नलिएपछि बिरामी थप पीडामा पर्ने गरेका छन्।

 

सामाजिक सुरक्षा कोषमार्फत पाउने दुई हजार रुपैयाँसम्मको भुक्तानी पाउन समेत तीन महिना लाग्ने गरेको पीडित गगन रेग्मीले बताए।
ञराजनीतिक पहुँचमा आधारित भएर कमजोर सफ्टवेयरमार्फत काम गर्दा बिरामीलाई दोहोरो झन्झट परेको छ,झ रेग्मीले भने।

 

उनका अनुसार पछिल्लो समय सामाजिक सुरक्षा कोषकै कारण सरकारी अस्पतालहरूमा उपचारका क्रममा बिरामीलाई भोग्नुपर्ने समस्या झनै बढेको छ।

 

यस विषयमा सामाजिक सुरक्षा कोषको जिम्मेवार व्यवस्थापकले  समस्याबारे आफूलाई ठ्याक्कै जानकारी नभएको तर गुनासो भने आएको बताए।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि:

 

योगदानकर्ताको पैसाबाट तलबभत्ता खाएर योगदानकर्तालाई नै सूचना नदिने सामाजिक सुरक्षा कोषका अपारदर्शी कर्मचारी

 

 

civil hospital
Hams Hospitals