सुनको मूल्य हालसम्मकै उच्च हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ असोज १२ आइतवार
1.4K
shares
shares
काठमाडौं । आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन सुनको मूल्य तोलको ७ सय रुपैयाँले वृद्धि भएर २ लाख २३ हजार २ सय रुपैयाँ पुगेको हो । यो हालसम्मकै उच्च मूल्य हो ।
शुक्रबार प्रतितोला सुनको मूल्य २ लाख २३ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २ हजार ८ सय १० रुपैयाँमा कायम भएको छ ।


























