अरूको हिसाब खोज्ने संयोजक गणेश आफ्नै हिसाबले थिलथिलो 

4.1K
shares
national life insurances
Nabil bank

 

काठमाडौँ । ‘सार्वजनिक प्रशासन सुधार २०८२’को नाममा जेनजी समूह खोलेका संयोजक अहिले एक्लिन थालेपछि आक्रोश पोख्न थालेका छन् । हिजो एमालेमा बसेर अकूत आर्जन गरेका अधिकृत गणेश घिमिरेले जेनजी आन्दोलनपछि त्यसको व्याज खान खोजेका थिए । तर, अरुले कुरा बुझेपछि उनी साथीहरूलाई इगित गर्दै फेसबुकमा चर्को स्ट्याटस लेख्न थालेका छन् । आन्दोलनको मुखैमा प्रधानसेनापति र विवादास्पद व्यवसायी दुर्गा प्रसाईँसँग खिचेको तस्बिर बाहिर ल्याएर अब्बल बन्न खोजेका घिमिरेलाई तस्बिर सार्वजनिक गरेपछि सेनाले असन्तुष्ट जनाएको थियो । त्यही तस्बिर देखाउँदै जेनजीको नाम बेचेर मनलाग्दी गरेका घिमिरे अहिले आफ्नै समूहका साथीहरू सँग आक्रोश पोख्न थालेका छन् । उनले केही दिन अघि सबैको हिसाब खोज्ने आक्रोश पनि फेसबुकमा पोखेका थिए ।

 

 

संयोजक अहिले आफ्नै जालोमा फसिरहेका छन् । केही समयअघि उनी व्यापारी दुर्गा प्रसाईँसँगको फोटो देखाउँदै कर्मचारीहरूबिच फुर्ती लगाइरहेका थिए । तर अहिले सोही समूहभित्रका सबै सदस्यले उनलाई छोडेका छन् ।

 

 

उनले आफ्नै पद र पहुँच बढाउन कर्मचारीहरूलाई उचाल्ने र लुसुलुसु गएर अवसर लिने प्रवृत्ति देखाएको समूहमा रहेका एक सदस्यले बताए ।  यही कारण अहिले उनी एक्लिएका हुन् ।

हाल उनी फेसबुकमार्फत असन्तुष्ट कर्मचारीहरूलाई धम्क्याउने र ‘हिसाब–किताब गर्ने’ भाषा प्रयोग गर्न थालेका छन् । कर्मचारी वृत्तमा यसलाई प्रशासनिक मर्यादा विपरीत कदमको रूपमा हेरिएको छ ।

 

 

कसैलाई ‘डीजी बनाइदिन्छु’ त कहिले ‘मुख्य सचिवको सिफारिस गर्छु’ भन्दै जेनजी समूहका युवासँग नजिकिने उनको शैलीले विवाद बढाएको हो । प्रधानमन्त्री कार्यालयसम्म फोटो देखाउँदै पहुँचको प्रदर्शन गर्ने र सामाजिक सञ्जालमै ‘हिसाब माग्ने’ पात्र अब आफ्नै हिसाब किताब देखाउन गाह्रो पर्ने स्थितिमा पुगेका छन् । यही पाराले संयोजक  घिमिरे ‘भड्खालामा पर्ने’ अवस्था देखिएको उनको सहकर्मीहरू बताउँछन् ।

 

 

उमेरले जनजेनरेशन समूह पार गरिसकेका अधिकृत गणेश घिमिरे पछिल्ला दिनमा जेनजीका नाममा उठौतीमा लागेको आरोप  छ ।

सरकारी सेवाभित्र उनी ‘कामभन्दा बढी बार्गेनिङमा लाग्ने’ कर्मचारीको रूपमा चिनिन थालेका छन् । विवादास्पद व्यक्तिसँग साँठगाँठ गर्दै उनले कर्मचारीको हुर्मत लिन थालेको बताइन्छ ।  घिमिरे हाल जेनजी कर्मचारीहरूबिच अगुवा बनेर सक्रिय देखिएका छन् । तर उनीमाथि काम नगरी आन्दोलन र सौदाबाजीमा बढी समय बिताउने आरोप छ । घिमिरे काममा भन्दा प्रचारमा बढी समय बिताउँछन् ।

 

उनी नेतृत्वमा रहेको जेनजी कर्मचारी सङ्गठनले हालै गठन गरेको नयाँ संयोजन समितिको पनि आलोचना भइरहेको छ । धेरै कर्मचारीले यो समूहलाई मौकामा चौका हान्नेहरू भनेर व्यङ्ग गर्दछन् ।

 

एमालेको सङ्गठनमा बसेर अकुत आर्जन गरेका अधिकृत घिमिरे जेनजीको नाममा उठौती गर्दै  

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited