एमालेको सङ्गठनमा बसेर अकुत आर्जन गरेका अधिकृत घिमिरे जेनजीको नाममा उठौती गर्दै  

6.9K
shares

 

काठमाडौँ ।  उमेरले जनजेनरेशन समूह पार गरिसकेका अधिकृत गणेश घिमिरे पछिल्ला दिनमा जेनजीका नाममा उठौतीमा लागेको आरोप छ । सरकारी सेवाभित्र उनी ‘कामभन्दा बढी बार्गेनिङमा लाग्ने’ कर्मचारीको रूपमा चिनिन थालेका छन् । विवादास्पद व्यक्तिसँग साँठगाँठ गर्दै उनले कर्मचारीको हुर्मत लिन थालेको बताइन्छ ।

 

 

घिमिरे हाल जेनजी कर्मचारीहरूबिच अगुवा बनेर सक्रिय देखिएका छन् । तर उनीमाथि काम नगरी आन्दोलन र सौदाबाजीमा बढी समय बिताउने आरोप छ । घिमिरे काममा भन्दा प्रचारमा बढी समय बिताउँछन् । उनी नेतृत्वमा रहेको जेनजी कर्मचारी सङ्गठनले हालै गठन गरेको नयाँ संयोजन समितिको पनि आलोचना भइरहेको छ । धेरै कर्मचारीले यो समूहलाई मौकामा चौका हान्नेहरू भनेर व्यङ्ग गर्दछन् ।

 

घिमिरेको प्रेम आलेसँगको विवादास्पद विषय पनि बाहिर आएको छ ।  काम गरिदिन्छु भनेर आठ लाख रुपैयाँ लिएको विषयमा पनि घिमिरे विवादित छन् । विगतमा सोलुखुम्बुको खुम्बु पासाङलामु गाउँपालिकामा कार्यरत हुँदा उनले आर्थिक अनियमितता गरेको भन्दै उजुरी परेको छ । त्यहाँ कार्यरत वसन्त भट्टराईलाई हटाएर उनी पालिका गएका थिए । उनी एमाले कर्मचारी नेता भोला पोखरेलको दबाबमा त्यहाँ पुगेका थिए । त्यहाँको कार्यकालमा ठुलो आर्थिक अनियमितता गरेर हिँडेको आरोप पनि उनले बोकिरहेका छन् ।

 

मुख्य सचिव लोक दर्शन रेग्मीको कार्यकालमा प्रधानमन्त्री कार्यालयका समेत उनले अवैध काम गरेको आरोप लागेको थियो । तर, राजनीतिक दलका कर्मचारीको पुच्छर समातेर उनी जोगिएका थिए । रेग्मीको सेटिङमा उनी प्रधानमन्त्री कार्यालयका संवेदनशील कामहरूसमेत सम्हाल्थे ।

 

सामान्य परिवारमा हुर्केका घिमिरेको हालको जीवनशैलीबारे पनि प्रश्न उठ्न थालेको छ ।  लोकन्थलीमा परिवारको सानो किराना पसल भएको भनिने घिमिरे अहिले खुमलटारमा अलिशान बङ्गला, निजी गाडी र महँगा लत्ता–कपडा प्रयोग गर्ने जीवनशैलीमा पुगेका छन् ।उनी प्रायः पाँचतारे होटेलहरूमा चिया–खाजा र मिटिङ गर्ने गर्छन् । उनी कार्यालयमा भने कहिल्यै भेटिँदैनन्।

 

 

विगतमा प्रधानमन्त्री कार्यालयबाट काम नगर्ने सूचीमा परेपछि उनलाई हटाइएको थियो । त्यसपछि उनी वित्त आयोगमा स्थानान्तरण भएका हुन् ।घिमिरेले निजामती सेवामा  नासुको रूपमा प्रवेश गरेका हुन् । उनले कानुन मन्त्रालयमा रहँदा एमालेको भातृ सङ्गठन निजामती कर्मचारी सङ्गठनको तर्फबाट अध्यक्षको भूमिका निर्वाह गरेका थिए ।

 

त्यसपछि २०७२ सालमा अधिकृत पदमा पदोन्नति भई २०७३ सालमा ट्रेड युनियनको निर्वाचनमा एमालेको तर्फबाट सङ्गठनका कोषाध्यक्षको उम्मेदवार वनेका थिए ।  तर पछिल्ला वर्षहरूमा उनको भूमिका बढी विवादास्पद बन्दै गएको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत घिमिरेविरुद्ध विभिन्न उजुरी छ ।

 

 

त्यस्तै, जेनजी आन्दोलनमा समेत घिमिरेमाथि आफ्नै सहकर्मीविरुद्ध ‘सुरकी गर्ने’ र आन्दोलनलाई व्यक्तिगत लाभका रूपमा प्रयोग गर्ने आरोप पनि छ ।

 

जेनजी आन्दोलनपछि कर्मचारीमा छिरेको अवसरवादी चरित्र, नेतृत्वकर्ता नै शङ्काको घेरामा

civil hospital
Hams Hospitals