आजदेखि नेपाल प्रहरीमा कार्कीको कमाण्ड
वि.सं.२०८२ कात्तिक २७ बिहीवार
shares
काठमाडौँ — नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दानबहादुर कार्कीले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्दैछन्।
केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार बिहान १०:४५ बजे गृह मन्त्रालयमा हुने संक्षिप्त समारोहमा गृह सचिव रामेश्वर दङ्गालले कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ। त्यसपछि उनी नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर महानिरीक्षकको कार्यकक्षमा बहाल हुनेछन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षकमा नियुक्त गरेको थियो। ३२औं महानिरीक्षक चन्द्रकुवेर खापुङ बुधबार मध्यरात प्रहरी सेवाको ३० वर्षे सेवा अवधि पूरा गरी अनिवार्य अवकाशमा गएका थिए।
महानिरीक्षक कार्कीको कार्यकाल २०८४ साल चैत १८ गतेसम्म रहनेछ।
अब अर्को कार्कीको पालो : दानबहादुर कार्की आईजीपी बनेसँगै ईश्वर कार्की बढुवाको लाइनमा
































