शिखर इन्सुरेन्सको प्रभावमा नियामक निकाय नै ?

12.8K
shares
national life insurances
Nabil bank

 

काठमाडौँ ।बिमा क्षेत्र सम्बन्धी नियमनकर्ता निकाय बिमा प्राधिकरणले शिखर इन्सुरेन्सका सिइओ दीप प्रकाश पाण्डेको अवैध कामलाई साथ दिएको आवाज उठेको छ । पाण्डेलाई  कानुनको अवहेलना गर्दै पदमा निरन्तरता दिएको आरोप पनि छ ।

 

सबै पक्षले शिखर इन्सुरेन्समा देखिएका अनियमितता, अधिकारको दुरुपयोग तथा ‘आजीवन सिइओ’ जस्तै प्रभावकारिताबारे प्रश्न गरिरहेका बेला, प्राधिकरण  मौन रहनुले  थप शङ्का जन्माएको छ । स्रोतका अनुसार शिखर इन्सुरेन्समा भित्री अनियमितता लुकाउने प्रयास भइरहेको छ ।

 

बाहिरी व्यक्तिहरूलाई कम्पनी प्रवेशमै रोक्न लगाउने,र सिइओ पाण्डेको एकछत्र प्रभावजस्ता गतिविधि देखिएको आवाज तीव्र बढेको छ । यस सम्बन्धमा बिमा प्राधिकरणमा बारम्बार उजुरी परेको भए पनि, प्राधिकरणका केही कर्मचारीहरूले मिडियामा समाचार नलेखौँ, मिलाएर लैजाऔँ भन्ने गरेका छन् ।

 

कतिपय व्यक्तिहरूले प्राधिकरणमा सुपरिवेक्षण महाशाखा प्रमुख ध्रुव तिमल्सिना र शिखर इन्सुरेन्सबीच हितका काम हुने गरेको गुनासो गरेका छन् ।  त्यसो त  तिम्सिनाकी श्रीमती शिखर इन्सुरेन्समै काम गर्छिन् । अझ शिखर इन्सुरेन्सका मुद्दामा कुनै कारबाही नहुने,अनुगमन कागजी रूपमा सीमित रहनेजस्ता आरोप पनि आएका छन् ।

 

शिखर इन्सुरेन्सले कोरोना बिमा कार्यक्रममा पनि समस्या निकालेको आरोप थियो ।   उक्त बिमाको भुक्तानी आजसम्म नहुँदा समस्या परिरहेको छ । कोरोना बिमामा पनि पाण्डेको ठुलो चलखेल थियो रहेको शङ्का गरिएको छ ।  नीति निर्माण तहमै निजी स्वार्थ  प्रवेश गराएको यो इन्सुरेन्सलाई आरोप लागेको छ ।

 

जानकारहरूका अनुसार शिखर इन्सुरेन्स बिमा प्राधिकरणका कर्मचारीका आफन्त र परिवारजनलाई रोजगारी दिने ‘थलो’ बनेको छ । त्यसको बदलामा शिखरसम्बन्धी कुनै पनि विषयमा कडाइ नहुने गरेको एक कर्मचारीले बताए ।

 

यो  विषयमा शिखर इन्सुरेन्सका प्रमुख–प्रबन्ध निर्देशक दीप प्रकाश पाण्डे,अन्य वरिष्ठ अधिकारी, तथा कर्मचारी सुरज राजबहाकसँग बारम्बार सम्पर्क गर्न खोज्दा कसैले पनि प्रतिक्रिया दिन चाहेनन् ।

 

 

शिखर इन्स्योरेन्समा सुशासनविपरीत सीईओ पुनः नियुक्त

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited