देशभर आज आठौँ सामाजिक सुरक्षा दिवस: ‘सर्वव्यापी स्वास्थ्य र पेन्सनयोग्य समाज’ मुख्य नारा
वि.सं.२०८२ मंसिर ११ बिहीवार
shares
काठमाडौँ । देशभर आज आठौँ सामाजिक सुरक्षा दिवस विभिन्न औपचारिक कार्यक्रमसहित मनाइँदैछ।
यस वर्ष दिवस ‘सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आयोजना गरिएको छ।
आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरिएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मंसिर ११ मा यो दिवस मनाउने गरिन्छ। सामाजिक सुरक्षालाई असल श्रम सम्बन्धको आधार मान्दै सरकारले २०७५ मंसिर ११ गते औपचारिक रूपमा योजना सुरुवात गरेको थियो।
दिवसको मुख्य कार्यक्रम आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ, जहाँ प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उद्देश्य
-
श्रमिकलाई आर्थिक तथा सामाजिक जोखिमबाट जोगाउने,
-
नियमित योगदानकर्तालाई जीवनभर सुरक्षा प्रदान गर्ने,
-
पेन्सनयोग्य समाज निर्माण गर्ने,
-
सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने
र -
संविधानमा उल्लेखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्ने रहेको छ।
सामाजिक सुरक्षा कोषले श्रमिकहरूको सुरक्षा, स्थिर रोजगारी र सर्वव्यापी सामाजिक सुरक्षाको लक्ष्यसहित कार्यक्रमलाई विस्तार गर्दै आएको छ।आज मनाइने सामाजिक सुरक्षा दिवसले श्रमिकमैत्री व्यवस्था सुदृढ गर्ने र नागरिकलाई दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
































