नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा ‘एनआईएमबी युनियन–पे कार्ड’ सेवा सार्वजनिक
वि.सं.२०८२ पुस २५ शुक्रवार
shares
काठमाडौं ।नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित ‘एनआईएमबी युनियन–पे कार्ड’ सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ।
युनियन–पे कार्ड सेवाको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको जनाएको छ। नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको यस कार्डमार्फत ग्राहकवर्गहरूले स्वदेश तथा विदेश दुवै स्थानमा सहज रूपमा वित्तीय कारोबार गर्न सक्नेछन्।विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएमहरूमा स्वीकार्य युनियन–पे कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने बैंकको विश्वास छ।
कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत स्वदेशी तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ। सीमित अवधिका लागि लागू हुने यस आकर्षक अफरअन्तर्गत ग्राहकवर्गहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्नेछन्। इच्छुक ग्राहकहरूलाई समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ।
यस सेवाको शुभारम्भमार्फत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा थप विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। आगामी दिनहरूमा पनि नवीन, सुरक्षित तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू निरन्तर रूपमा प्रस्तुत गर्दै जाने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।
हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवा केन्द्रहरू मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।































