गृहमन्त्रीको राजीनामा माग्ने युवामाथि दमन: सिंहदरबारभित्रैबाट ४ जना पक्राउ’
वि.सं.२०८३ वैशाख ८ मंगलवार
shares
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै विरोधमा उत्रिएका चार जना युवालाई प्रहरीले सिंहदरबार परिसरभित्रैबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार ती युवाहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि नाराबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।
गृहमन्त्री गुरुङको विवादास्पद व्यापारीसँगको साझेदारी सार्वजनिक भएको आरोपपछि पछिल्लो समय उनको तीव्र आलोचना भइरहेको छ। विशेषगरी सेयर कारोबारमा मुछिएका व्यापारीसँग सम्बन्ध देखिएको विषयले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
यही पृष्ठभूमिमा राजीनामा माग्दै शान्तिपूर्ण विरोध गरिरहेका युवालाई पक्राउ गरिएको घटनाले अभिव्यक्ति स्वतन्त्रता र विरोधको अधिकारमाथि प्रश्न उठाएको छ।
सरकारले आलोचनालाई नियन्त्रण गर्ने शैली अपनाएको हो कि कानुनी प्रक्रिया अनुसार कारबाही गरिएको हो भन्ने विषयमा बहस चर्किँदै गएको छ।

























