विपन्न बिरामीलाई सहारा : सहिद मेमोरियल अस्पतालद्वारा रिजालको निःशुल्क उपचार

294
shares

काठमाडौं । धादिङको नीलकण्ठ नगरपालिका–५, छाप घर भएका कृष्ण रिजालले अन्ततः राहत पाएका छन्। आर्थिक अभावका कारण उपचार गराउन नसकिरहेका उनलाई कलंकीस्थित सहिद मेमोरियल अस्पतालले निःशुल्क रूपमा सम्पूर्ण उपचार सेवा उपलब्ध गराएको हो।

चार वर्षअघि भएको दुर्घटनामा गम्भीर घाइते भएका रिजालको हात र खुट्टामा अप्रेसनपछि राखिएको स्टिलमा पुनः समस्या देखिएको थियो। पुनः उपचारका लागि आवश्यक खर्च जुटाउन नसक्दा उनी निकै अप्ठ्यारो अवस्थामा थिए।

यही अवस्थामा उनको पारिवारिक र आर्थिक अवस्था बुझेर अस्पतालले मानवीय पहल गर्दै उपचार निःशुल्क गरिदिएको अस्पतालका प्रमुख कार्यकारी निर्देशक समीर शर्माले जानकारी दिए। उनका अनुसार विपन्न र असहाय बिरामीलाई सहयोग गर्नु अस्पतालको सामाजिक दायित्व पनि हो।

उपचार समन्वयमा सक्रिय रमेश ढुंगानाले अस्पतालको यस कदमको प्रशंसा गर्दै यस्ता सहयोगी कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए।

आर्थिक अभावकै कारण उपचारबाट वञ्चित हुने बिरामीका लागि यस्तो पहल आशाको किरण बनेको छ।

civil hospital
Hams Hospitals