‘ट्रु कलर’ मा साइबर ब्यूरो देखिने बनाएर ठगी, ४ जना पक्राउ

189
shares

 

 

काठमाडौं । मोवाइल एप ‘ट्रु कलर’ मा साइबर ब्यूरो देखिने बनाएर ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं ३ बस्ने ३० वर्षीय दिपक लिम्बु, सुनसरी, धरान उपमहानगरपालिका वडा नं। ९ बस्ने २१ वर्षको सौरव भुजेल, २८ वर्षीय सजल राई र इनरुवा नगरपालिका वडा नं। ६ बस्ने २४ वर्षीय सृजन थापा रहेका छन् ।

उनीहरुले साइबर ब्यूरोको नाम दुरुपयोग गरी‘ट्रु कलर’ मा समेत साइबर ब्यूरो देखिने बनाई पीडितलाई फोन सम्पर्क गरी डर त्रास तथा प्रलोभनमा पारी रकम पठाउन लगाई बिद्युतीय माध्यम सम्वद्ध ठगी गर्ने गरेका थिए ।

पीडितहरूको निवेदन दिएपछि ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उनीहरुको संलग्नता खुल्न आएको थियो ।ब्यूरोबाट खटिइ गएको टोलीले इलाका प्रहरी कार्यालय, धरानको समन्वय एवं सहयोगमा १९ गते पक्राउ गरी विद्युतीय माध्यम सम्वद्ध ठगी अन्तर्गतको कसुरमा सम्मानित जिल्ला अदालत काठमाडौंको आदेशले ४ दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको छ ।

civil hospital
Hams Hospitals