सरकारद्वारा १५ अनररी कन्सुल जनरल तथा कन्सुल पदमुक्त, दुई अन्तर्राष्ट्रिय श्रम महासन्धि संसदमा लैजाने निर्णय

462
shares

काठमाडौं । सरकारले विदेशस्थित १५ जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसदसमक्ष पेश गर्न स्वीकृति प्रदान गरेको छ ।

त्यसैगरी, श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १९४७ नम्बर ८१ अनुमोदनका लागि पनि संघीय संसदमा पेश गर्न सरकार सहमत भएको प्रवक्ता पोखरेलले बताए ।

सरकारले श्रम अधिकार संरक्षण, वैदेशिक रोजगारी व्यवस्थापन तथा अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार कानुनी सुधारलाई प्राथमिकतामा राख्दै यी निर्णय गरेको जनाएको छ ।

 

civil hospital
Hams Hospitals