जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

339
shares

 

हेटौँडा । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।

शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्याहरूलाई हल गर्ने, उनीहरूलाई विस्थापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए ।

सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरूको आफूले मूल्याङ्कन गर्दै खराब तथा नकारात्मक कामहरूलाई विशेष रूपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उनले दाबी गरेका छन् ।

सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरूलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैँ आग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरूको पक्षमा नभए पनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उनले विश्वास दिलाए ।

सबै मानिसहरू बाँच्न पाउने मौलिक भएको बताउँदै उनले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकि मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ ।

त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौँ । मेचीदेखि महाकालीसम्म सबै जनताहरू एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबार विहीन बनाउन गरेको निरकुंश कदम विरुद्ध आवाज उठाउनुपर्ने उनले सबैलाई सुझाव दिए ।

उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैव रहने प्रतिबद्धता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेन्डा बनाएर कुरा राख्ने बताए ।

नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उनले विश्वास दिलाए । जनताको दुःखलाई आफूले सधैँभरि अंगालेर साथ, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

civil hospital
Hams Hospitals