गोदावरीका मेयर भट्टले चलाएको सरकारी गाडी दुर्घटनामा

504
shares

कैलाली गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी शनिबार राति कैलालीमा दुर्घटनामा परेको छ ।

मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिकाको गेटा क्षेत्रमा सुपप्र०१००१ झ ६०१ नम्बरको सरकारी गाडी दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा गाडीमा क्षति पुगेको भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी चौकी कैलाली गाउँमा राखेको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि मेयर भट्ट सामान्य अवस्थामा आफन्तसँग घर फर्किएका थिए । बिहानै गाडी छुटाउन चालक अनिल शाहलाई प्रहरी चौकी पठाइएको भए पनि अनुसन्धान प्रक्रिया बाँकी रहेको भन्दै प्रहरीले तत्काल गाडी जिम्मा लगाउन अस्वीकार गरेको छ ।

घटनाको कारण, गाडीको अवस्था र दुर्घटनाको परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

civil hospital
Hams Hospitals