सडेको अवस्थामा एक जना पुरुषको शव फेला

252
shares

 

 

सर्लाही । सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजेतिर जिल्लाको गोडैता नगरपालिका–६ बग्दहस्थित चिनिमिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको हो ।

 

सडकमा आवतजावत गर्ने स्थानीयले सडेको गन्ध आएपछि खोजी गरी प्रहरीलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी चौकी गोडैताबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीका अनुसार अन्दाजी ४० देखि ४५ वर्ष उमेर समूहका पुरुषको शव सडेगलेको अवस्थामा फेला परेको छ ।

 

मृतकको नाम, थर र ठेगाना भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

प्रहरीले मृतकको पहिचान खुलाउने प्रयाससँगै घटनाको प्रकृतिबारे अनुसन्धान अघि बढाएको छ ।

civil hospital
Hams Hospitals