समाचार हटाउन अदालतको यस्तो आदेश

570
shares

काठमाडौं जिल्ला अदालतले बीमापोष्ट नामक अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिएको छ । न्यायाधीश कोशलेश्वर ज्ञवालीको इजलासले सम्प्रेषित सामग्री हटाउन,थप सम्प्रेषण नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

बीमापोष्टले गत चैत २४ गते ‘सिएनआईका पूर्वअध्यक्ष विष्णु अग्रवालद्वारा फोटोन गाडी आयातमा करोडौं भन्सार छली’ र चैत २६ गते ‘विष्णु अग्रवाल १७ वर्षदेखि भ्याट र भन्सार छलीमा संलग्न, कारबाहीमा कहिले पर्लान् ?’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

सोविरुद्ध विवेक सिकरियाले बीमापोष्टका सम्पादक नवराज न्यौपाने समेतलाई विपक्षी बनाउँदै मुद्दा दायर गरेका थिए । दर्ता नम्बर ०८२–डब्ल्युओ–०२९३ भएको मुद्दामा अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८(१)(२) तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा भनिएको छ,‘राईनिसी मिडिया एण्ड रिसर्च प्रालिसमेतका सञ्चारमाध्यम तथा अनलाइन समेतबाट भ्रमपूर्ण अप्रमाणित सामग्री सम्प्रेषण, प्रकाशन प्रशारण नगर्नु–नगराउनु र प्रकाशन प्रशारण गरी सकेका उक्त सामग्री थप सम्प्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै उक्त सम्प्रेषित सामग्री हटाउन लगाउनु भनि विपक्षीहरुका नाममा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५८(१)(२) तथा जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

civil hospital
Hams Hospitals